फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकृतिको संरक्षण गर्दै पृथ्वीमा प्राणी समूदाय स्थापना गरौं

(GMT+08:00) 2020-07-13 12:52:54

हरेक वर्षको जुन ५ तारिख संयुक्त राष्ट्र संघद्वारा तोकिएको विश्व वातावरण दिवस हो। सन् १९७२ मा वातावरण संरक्षण सम्बन्धी चेतनालाई बढाउन र वातावरण संरक्षण सम्बन्धी क्रियाकलापलाई प्रोत्साहन दिन यस्तो दिवस तोकिएदेखि विश्वका अरबौं जनताले विश्व वातावरण दिवसको समर्थन गर्दै आएका छन्। चालू वर्षको विश्व वातावरण दिवसको मुख्य विषय "प्रकृतिको संरक्षण गर्न हतारौं "रहेको छ। जसले मानवलाई जीवजन्तुको विविधतालाई महत्व दिने, मानव र प्रकृति बीचको मेलमिलापयुक्त पर्यावरणीय सभ्यताको स्थापना गर्ने र पृथ्वीमा प्राणीको समूदाय स्थापना गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।

जीवजन्तुको विविधता रहेको पृथ्वीका प्राणीहरु अरबौं वर्षदेखि निम्न रुपबाट उच्च प्राणीको रूपमा विकास भएको छ साथै यो मानिस बाँच्ने आधार तथा दिगो विकासका लागि भौतिक जग पनि हो। मौसम परिवर्तन, वातावरण प्रदुषण र प्राकृतिक स्रोतको दुरुपयोग लगायत कारकतत्वहरुको प्रभावमा पृथ्वीमा जीवजन्तुको विविधतामा गम्भिर त्रास-धम्की देखा परेको छ। विगत ३० वर्षको अवधिमा ३५ प्रतिशतले पृथ्वीका विभिन्न प्रकारका जीवजन्तु घटेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, वायु प्रदुषणबाट हरेक वर्ष करिब ७० लाख व्यक्तिको मृत्यु हुन्छ। गत डिसेम्बरमा कोलम्बिया, जर्मनी र संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले जर्मनीको सहयोगमा कोलम्बिया र जर्मनीले सन् २०२० को विश्व वातावरण दिवसको कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने र चालू वर्षको यस दिवसमा "जीवजन्तुको विविधता" लाई महत्व दिने घोषणा गरेका थिए। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमका कार्यकारी प्रमुख इन्गर आन्दर्सनले उक्त निर्णय घोषणा गर्दै विश्वमा दश लाख प्रकारका जनावर र वनस्पति लुप्त हुनलागेको अवस्थामा जीवजन्तुको विविधता गुमाउने कुरालाई महत्व दिनुपर्ने कुरामा जोड दिनुभयो।

विश्वमा जीवजन्तुको विविधतालाई चाँडै बुझ्ने मुलुकको रुपमा चीन सन् १९९२ मा "जीवजन्तुको विविधता सम्बन्धी सन्धि"को अनुमोदन गरेका ६ मुलुकहरुमध्येको एक बनेको थियो। यसका साथै चीनले जीवजन्तुको विविधताको संरक्षण सम्बन्धी क्रियाकलापको तर्जुमा गरेको थियो। चीनले आविष्कार, समन्वयात्मक, हरित, खुला परिकल्पना जारी राखेर पर्यावरणीय वातावरणको निर्माणमा टड्कारो उपलब्धि हासिल गरेको छ। अमेरिकी अन्तरिक्ष विभाग नासाले २०१९ को फेब्रअरीमा सार्वजनिक गरेको प्रतिवेदनका अनुसार, विगत २० वर्षको अवधिमा विश्व झन् झन् "हरियो"बन्दै आएको नासाको उपग्रहले फेला पारेको छ। किनभने मुख्य गरी चीन र भारतले योगदान पुर्‍याएपछि विश्वको वृक्षारोपन दरमा वृद्धि भएको छ।

1  2  
जानकारी तथा लेखहरु