फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रकृतिको संरक्षण गर्दै पृथ्वीमा प्राणी समूदाय स्थापना गरौं

(GMT+08:00) 2020-07-13 12:52:54

चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्तुत गरिएको "विश्वको पर्यावरणीय वातावरणको अनुगमन सम्बन्धी २०१९ को वार्षिक प्रतिवेदन"का अनुसार, सन् २००० देखि २०१८ सम्म विश्वमा १ करोड ७० लाख हेक्टर क्षेत्रफलको बनजंगल घटेको थियो। यद्यपि सोही अवधिमा चीनको बनजंगलको क्षेत्रफल ४ करोड ५० लाख हेक्टर बढेको थियो भने बनजंगलको कूल क्षेत्रफल २१ करोड २० लाख हेक्टर पुगेको थियो। अहिले चीनको वृक्षारोपन दर करिब २३ प्रतिशत रहेको छ।

चीनले पर्यावरणीय सभ्यताको निर्माणलाई समष्टिगत विकासको परिकल्पनामा राखेको छ। "मानव र प्रकृति बीचको मेलमिलाप अस्तित्व" नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने आधारभूत रणनीति बनिसकेको छ। केही वर्षदेखि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा रुख रोप्ने कार्यक्रममा भाग लिँदैआउनुभएको छ। चालू वर्ष, उहाँले च च्याङ, पल्लो शान सी र वल्लो शान सी प्रान्तको निरीक्षण गर्दा पृथ्वीको पर्यावरणीय वातावरणको संरक्षण गर्ने सिद्धान्तमा धेरै पटक जोड दिनुभएको थियो। राष्ट्राध्यक्ष सीले हरियो पहाड र स्वच्छ पानी चाँदी र सुन जस्तै सम्पति हो भन्दै पर्यावरणीय वातावरणमा सुधार गर्नु उत्पादन शक्तिको विकास गर्नु हो भन्नेमा जोड दिनुभएको छ। "आफ्नो आँखाको संरक्षण जस्तै पर्यावरणीय वातावरणको संरक्षण गर्नुपर्छ, आफ्नो प्राणलाई महत्व दिने जस्तै पर्यावरणीय वातावरणलाई महत्व दिनुपर्छ" उहाँको भनाई छ। पर्यावरणीय वातावरणमा सुधार गर्ने उपायको विस्तार गर्नुपर्ने, ऊर्जा स्रोतको किफायत र वातावरणीय संरक्षण उद्योगलाई बढाउनुपर्ने, जंगली जनावरलाई अवैध रुपमा मार्ने र कारोबार गर्ने गतिविधिमा कडा रुपमा सजाय दिनुपर्ने, पर्यावर्णीय सभ्यताको निर्माणलाई अघि बढाउनुपर्ने चालू वर्षको सरकारी कार्य प्रतिवेदनमा उठाइएको छ।


1  2  
जानकारी तथा लेखहरु