फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु कुं नामका बुढाद्बारा पहाड सार्ने कथा

(GMT+08:00) 2020-07-15 09:33:47

यु कुंद्बारा पहाड सार्ने कथा एक सत्य कथा होइन तर चीनका घर-घरमा यो कथा अझसम्म पनि प्रचलित छ। यस कथा [ ले ज ] भन्ने किताबमा छापिएको थियो। यो किताब ईसा पूर्व पाँचौ शताव्दीताका ले यु खौ नामका एकजना दार्शनिकले लेखेको एक किताब हो।

कथामा बयान गरिए अनुसार, नब्बे वर्ष नपुगेका यु कुं नामका एकजना बृद्ध थिए। थाइ हांग वांग वु नामका दुइवटा पहाड बुढाको घरका सामु अवस्थित थिए। मानिसहरुलाई आउन-जानका लागि ती दुइवटा पहाडले निकै असुविधा गराएका थिए।

एक दिनको कुरो थियोः यु कुंगले परीवारका सबै सदस्यलाई बोलाएर "ती दुइवटा पहाडले हाम्रो घरको दैलो सामु बाटो छेकिदिएकाले अन्यत्र जाँदा हामीले लामो बाटो पनि हिंड्नुपर्छ भन्दै परीवारका सबै सदस्यहरु मिलेर ती दुइवटा पहाडलाई अन्यत्रै सारौं, कसो"भनेर सोधे।

"तपाईंले ठीक भन्नुभयो, भोलिदेखि हामी यो काम शुरु गरौ‍ " यु कुंगका छोरा र नातिहरुले यु कुंगको कुरा सुनेर भने। ती दुइवटा ठूला पहाड अन्यत्र सार्न निकै गाह्रो भएकोमा विरोध गर्दै यु कुंगकी पत्नीले भनिन: [हामी यहाँ धेरै वर्ष बसिसकेका छौं र यहीं नै किन बस्न सक्दैनौं? यति ठूला दुइवटा पहाडलाई कसरी सार्ने? पटक-पटक गरी थोरै-थोरै लिएर सार्ने हो भने यति धेरै ढुंगा र माटो कहाँ राख्ने?]

यु कुंगकी पत्नीको कुरा सुनेर उनिहरु बीच बहस चल्नथाल्यो। साँच्चै, यो एउटा ठूलो समस्या हो। पहाड फोडेर निस्केको ढुंगा र माटो समुद्रमा ओसार्ने कुरामा उनीहरु बीच एकमत भयो।

1  2  
जानकारी तथा लेखहरु