फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु कुं नामका बुढाद्बारा पहाड सार्ने कथा

(GMT+08:00) 2020-07-15 09:33:47

भोलिपल्ट यु कुंगले परीवारका सबै सदस्यलाई लिएर पहाड सार्न थाले। उनकी छिमेकी एउटी विधवा थिइन। विधवाको एकजना छोरो पनि थियो। सात-आठ वर्ष मात्र पुगेको त्यस केटाले पहाड सार्ने कुरा सुनेपछि खुशी भएर त्यसमा सहभागी भयो। यु कुंगको परीवारमा कोदालो र डालो मात्र थियो र पहाड र समुद्र बीचको दूरी निकै बढी भएका कारण एकजना मानिसले एक दिनमा एक-दुइ चोटि मात्र ओहोर-दोहोर गर्नसक्ने भएकाले एक महिना बितिसक्दा पनि त्यो पहाड जस्त्राकोतत्रै देखिन्थ्यो।

त्यति बेला ट सौ नामका एकजना बुढा थिए। चिनियाँ भाषामा टको अर्थ बुद्धि र सौको अर्थ बुढा हो। ती बुढा निकै चलाख थिए र यु कुंगको परीवारका सबै सदस्यहरुले पहाड सार्नलागेको देखेर यो हाँसो उठ्दो कुरा भएको उनले ठाने। एक दिनको कुरा थियो, ती बुढाले यु कुंगलाई भनेः तपाईं यति बुढो भैसक्नुभयो, तपाईंलाई हिं‌-डडुल गर्न पनि कठीन छ, यति ठूला दुइवटा पहाड कसरी सार्न सक्नुहुन्छ?

यु कुंगले भनेः [तपाईंको नाम ट सौ, तर मेरो विचारमा वालकको तुलनामा तपाईंको बुद्धि त्यति विकसित भैसकेको छैन। हुन त म मृत्युको संघारमा पुग्नथालिसकेको छु। म मरेपछि छोराहरु छन, छोरा मरेपछि नातिहरु छन। यसो गरेर नाति-पनाति गरी पुस्तौं-पुस्तासम्म पहाड सार्दै गरेमा पहाडका ढुंगा र माटो पनि घट्दैजानेछ। दिन, महिना र वर्ष गरेर पहाड सार्दैजाँदा यस पहाडलाई किन सार्न सकिन्न?] आफैलाई बुद्धिमान् ठानेको ट सौले यु कुंको कुरा सुनेर केही पनि बोल्न सकेन।

यु कुंगले आफ्नो परीवारका सबै सदस्यहरुलाई लिएर गर्मी याममा होस् वा जाडो याम हरेक दिन विहान सबेरैदेखि साँझ सूर्य अस्ताउँदासम्म पहाड सार्ने काम गरे। उनीहरुको काम देखेर ईश्वर पनि प्रभावित भए। ईश्वरले ती दुइवटा पहाड अन्यत्र सार्न दुइजना देवतालाई मर्त्य लोकमा पठाए।

यो यु कुंगले पहाड सार्ने कथा आजसम्म पनि चीनमा चलिरहेको छ। यस कथाले जतिसुकै कठिन काम भए पनि दृढ संकल्पका साथ काम गर्दैगएमा अवश्य सफल भइन्छ भन्ने शिक्षा दिनचाहेको छ।


1  2  
जानकारी तथा लेखहरु