फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोताला दरबारको कथा-2

(GMT+08:00) 2020-10-21 10:40:51

पहिलो प्रश्न थियो, उद्यानमा दश थान काठ छन जसको दुइ पट्टिको मोटाइ बराबर छ। दूतहरुले ती काठको शीर भाग र पुछार भाग छुट्टाउनुपर्छ। बुद्धिमान लु तुंग चान्‍ले काठलाई पानीमा राखे। रुखको जरातिरको भागको संरचना बाक्लो भएकाले पानीमा राखेपछि पानीभित्र ढल्कंदै गयो। त्यसरी लु तुंग चान्ले काठको शिर भाग र पुछार भाग छुट्ट्याएका थिए।

थांग थाइ चुंगले दोस्रो प्रश्न अघि सारे। राजाले एक जेड ल्याए। पूरा जेडमा नौवटा मोड थिए र बीचमा एउटा सानो प्वाल थियो। राजाले ती दूतहरुलाई एउटा मसिनो धागा त्यस प्वालको छिराउन लगाए। ती दूतहरुले आँखा चिम्सा पारेर मसिनो धागो लिई प्वालमा छिराउनथाले। तर लु तुंग चानले प्यालको एकापट्टि मह दले र त्यस धागालाई कमिलाको कमरमा बाँधिदिए। त्यसपछि उनले कमिलालाई प्यालको अर्कोपट्टि राखे। कमिलाले महको सुगन्ध पाएपछि प्वालमा बामे सर्न थाल्यो। लु तुंग चानले प्वालतिर फुक्दै त्यस कमिलालाई धपाए। त्यसरी त्यस कमिलाले त्यस मसिनो धागोलाई प्वालको अर्कोपट्टि पुर्‍यायो। यसमा पनि लु तुंग चानको जीत भयो।

1  2  
जानकारी तथा लेखहरु