फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोताला दरबारको कथा-2

(GMT+08:00) 2020-10-21 10:40:51

राजाले तेस्रो प्रश्न जारी गरे। एक सयवटा पोथी घोडा र एक सय बछेडाहरु छ्यासमिस पारेर राखिएका थिए। यसमा कुन घोडाको बछेडो कुन हो भनेर छुट्टाउनुपर्थ्यो। ती दूतहरुले धेरै जुक्ति निकाले। कसैले रंग अनुसार, केसैले आकृति अनुसार घोडाका आमा र बच्चा छुट्ट्याउने प्रयास गरे। तर कसैले पनि सही उत्तर पाउन सकेन। तर लु तुंग चानले पोथी घोडा र बछेडाहरु छुट्टा-छुट्टै गरी राखे। एक रातपछि उनले ती आमा-घोडाहरुलाई थुनिएको ठाउँबाट निकाले। ती बछेडाहरुले आ-आफ्नालाई आमा देखेर दूध खान तुरुन्तै अघि बढे। एकैछिन पोथी घोडा र बछेडाहरुलाई छुट्टयाइदिए। राजा थांग थाइ चुंगले लु तु‍ग चानको जवाफ सबै ठीक भएको देखेर अर्को प्रश्न थप गरेर भनेः दूतहरुले अनुहारमा मफलर लगाएका पाँच सयजना सुसारेमध्ये कुन चाहीं राजकुमारी वन् चन् हुन छुट्ट्याउनुपर्छ। दूतहरुमध्ये कसैले पनि राजकुमारी वन चन्लाई देखेको थिएन। यो प्रश्न धेरै गाह्रो भयो। तर लु तुंग चानले राजकुमारी वन् चनलाई एक किसिमको विशेष सुगन्धी धूप धेरै मन पर्ने कुरा थाहा पाएका थिए। मौरीले पनि यस किसिमको वास्ना निकै मन पराउँछ। राजकुमारीलाई पहिचान गर्ने दिनमा लु तुंग चानले लुकीचोरी केही मौरी ल्याएका थिए। उनले ती मौरी छोडेपछि ती मौरी उडेर राजकुमारी वन् चनको छेउमा पुगे। यसरी उनले राजकुमारीलाई चिने। लु तुंग चानको फेरि जित भयो। राजा थांग थाइ चुंगले मनमनै विचार गरेः तिब्बतका भारादार यति बुद्धिमान छन र यस्तो बुद्धिमान भारादारको उपयोग गर्ने राजा त झनै बुद्धिमान हुनुपर्छ। त्यसैले राजाले राजकुमारी वन् चन्लाई स्रन्चन्गेम्पोसँग विवाह गरिदिने निर्णय गरे।

स्रन्चन्गेम्पोले निकै खुशी भएर राजकुमारी वन् चनसित विवाह गर्नका लागि नौ सय उनान्सयवटा कोठा भएको एक दरबारको निर्माण गर्ने आदेश दिए, जुन दरबार अहिलेको पोताला दरबार नै हो। स्रन्चन्गेम्पोले राजकुमारी वन् चनसित विवाहका लागि केटी माग्न पठाएका दूत लु तुंग चानको कथा पनि जीवन्त रुपमा पोताला दरबारको भित्ते चित्रमा चित्रण गरिएको छ।


1  2  
जानकारी तथा लेखहरु