फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अब आकाशे रेल, नेपालमा कहिले

(GMT+08:00) 2016-12-07 18:40:26

त्यसै गरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा दश बुँदे सम्झौता/सहमतिपछि नेपाल र चीनले जारी गरेको पन्ध्र बुँदे संयुक्त विज्ञप्तिमा पनि चीनले अघि बढाएको 'एक पेटी एक मार्ग'परियोजनाको फ्रेमवर्क भित्र रहेर नेपालमा प्रमुख विकास परियोजनालाई अघि बढाउन दुवै देश सहमत भएको कुरादेखि हवाई मार्ग, सडक मार्ग तथा सीमापार रेल सञ्जाल निर्माण र नेपालभित्र रेल सञ्जाल निर्माणका विषयमा छलफल अघि बढाउने विषय रहेका छन्। तर कहिले त! नेपाली पक्ष यस्ता विषयलाई अघि सार्न किन र के कारण चुके। देशमा आर्थिक क्रान्ति र विकास लिएर आउने मार्गहरूको निर्माणमा विशेष ध्यान दिनु जरुरी छ। नेपाल आफूले त सकेन तर अरुलाई पनि हस्तान्तरण गर्न पनि नसकेको अवस्थाले नेपालमा रेलमार्ग नबन्दै रेलनीतिमा पोलिटिक्स छिरीसकेको भन्ने देखाउँछ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनपिङले 'एक पेटी एक मार्ग'योजना अन्तर्गत तिब्बतबाट नेपाल हुँदै दक्षिण एशियासम्म रेलमार्ग जोड्ने योजना बुनेका थिए र नेपाली पक्षमा देखिएको आलटाल तथा सुस्तता र पछिल्लो समयमा भारतले नेपाललाई नसोधी नेपालमा रेलमार्ग बनाउने प्रसङ्गले नेपालको रेलनीतिमा पोलिटिक्स छिरीसकेको स्पष्ट देखिन्छ। नाकाबन्दीको मारमा परिरहेको अवस्थामा नेपाल पठाउने सामान बोकेको चीनको लान्चौबाट शिगाचेसम्म जाने एउटा रेलमा लान्चौबाट काठमाण्डुसम्म लेखेको फोटोसहितको समाचार भाइरल बनेको थियो। जब कि नेपालमा रेलमार्ग नै छैन। कसरी पुग्छ त्यो रेल नेपालमा? यसबाट पनि रेल राजनीति स्पष्ट भएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु