फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अब आकाशे रेल, नेपालमा कहिले

(GMT+08:00) 2016-12-07 18:40:26

तर त्यसो पनि भनिहाल्न मिल्दैन। देशभक्त नागरिकमा जतिसक्दो चाँडो नेपालमा पनि रेल यातायातको शुरुवात होस् र चीनदेखि मालसामान बोकिआएको रेल नेपालसम्म पुगोस् भन्ने चाहना नहुने कुरै भएन। त्यसमाथि यो यातायात चाँडो र सस्तो पनि हुनआउँछ। यसै बीच 'क्वानचौ– दक्षिण एशिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा' नाम दिइएको मालबाहक रेल मंसिर १५ गते बुधबार क्वानचौ (ग्वान्झाओ)बाट औपचारिक रुपमा काठमाण्डुका लागि प्रस्थान गरेको छ। व्यापारिक शहर क्वानचौस्थित क्वान्तोङ अन्तर्राष्ट्रिय रेलवे उद्योग आर्थिक क्षेत्रबाट पहिलो चरणको मालबाहक परिवहन सुरु भएको हो। चीनको क्वान्तोङ प्रान्तबाट आरम्भ भएर तिब्बत हुँदै नेपालको राजधानी काठमाण्डुका लागि तय गरिएको यो नयाँ रुट हो। क्वान्तोङ प्रान्तको क्वानचौको तालाङ्गबाट सुरु भएर छङ्दु, छोङछिङ, पश्चिम ल्हासा, पश्चिम शिगाचेसम्म रेलबाट लगिने मालसामान त्यसपछि ट्रकमा केरुङ हुँदै काठमाण्डु पुग्नेछ। यसरी यसको कूल लम्बाई ६ हजार ७० किलोमिटर रहनेछ भने यातायातको कूल समय ५४ घण्टा लाग्नेछ। त्यसर्थ काठमाण्डुसम्म रेलमार्ग निर्माणका लागि जनआवाज हो, यो। साथै सन् २०२०सम्ममा शिगाचेबाट केरुङसम्म नै रेल पुग्ने देखिन्छ तर केरुङको यता नेपालमा कहिले त।

यहाँ मननयोग्य कुरा के छ भने, नेपालमा रेल सञ्जाल विस्तार भारत र चीन दुवैको स्वार्थ हो या हुनसक्छ। नेपालले ती दुवैको स्वार्थलाई भन्दा आफ्नो स्वार्थ र फाइदा हेरेर अघि बढ्नु उचित हो। तर आज उत्तरतर्फबाट नेपाल व्यवस्थित ढङ्गले जोड्न जरुरी भइसकेको अवस्थामा रेलमार्ग निर्माणमा नेपालले तदारुकता देखाउनुका साथै वीन-वीन अवधारणामा सीमा छेउ पुगिसकेको र विश्वमै अब्बल रहेको चिनियाँ प्रविधिलाई आत्मसाथ गर्नु उचित हुनआउँछ।


 <<  1 2 3 4  >> 
जानकारी तथा लेखहरु