दोहा एशियाली खेलकूदले आज पाँचौं दिनमा प्रवेश गरेको छ। आज पाँचौं दिनको खेलमा छतीस वटा स्वर्ण पदकको छिनोफानो हुने कार्यक्रम रहेको छ। शुटिङ्ग, पौडी आदि प्रतियोगितामा चिनियाँ टोलीले स्वर्ण पदक जित्ने प्रवल सम्भावना रहेको छ।
हिजो चिनियाँ टोलीले नौ वटा स्वर्ण पदक हासिल गरेपछि हाल आज सम्म चिनियाँ टोलीले जम्मा अठतीस वटा स्वर्ण पदक हासिल गरिसकेको छ। दोहा एशियाली खेलकूदको पदक तालिकामा चिनियाँ टोली पहिलो स्थानमा रहेको छ।
|