• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 15:51:43    
प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा

cri Author: रवि

      प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष महमुद आबासले हिजोदेखि रुसको तीन दिने भ्रमण थाल्नुभएको छ। सो भ्रमणको अवधिमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आबाससँग वार्ता गर्नुका साथै प्यालेष्टाइनको वर्तमान गम्भिर परिस्थिति, प्यालेष्टाइन र इजरेल बीचको सम्बन्ध, मध्य-पूर्वको शान्ति प्रक्रिया लगायत विषयहरुबारे बैचारिक आदान-प्रदान गर्नुहुने कार्यक्रम छ।

      प्राप्त समाचार अनुसार, श्री आबासको यस पटकको मास्को भ्रमणको मुख्य उद्देश्य प्यालेष्टाइनका "फाताह" तथा "हमास" बीचको भिडन्तमा "फाताह"लाई सहायता दिन रुससँग मांग गर्नुका साथै प्यालेष्टाइनको वाद-विवादको समाधान गर्न तथा प्यालेष्टाइन र इजरेल बीचको गतिरोधलाई तोड्नका लागि सकारात्मक भूमिका निर्वाह गर्नसक्ने आशा रुससँग गरेको हो। श्री आबासले हमास सरकारलाई विघटन गर्ने घोषणा गरेपछि मध्य-पूर्व समस्या सम्बन्धी चार पक्ष अमेरिका, युरोपेली संघ, रुस र संयुक्त राष्ट्र संघमध्ये हमाससँग सम्पर्क गरेको एउटा मात्र पक्ष रुस भएको कारण, उहाँको यस पटकको मास्को-भ्रमणले मानिसहरुलाई आकर्षित पारेको छ।

      श्री आबासले जुन महिनाको मध्यकालमा मास्कोको भ्रमण गर्ने योजना थियो। तथापि "फाताह" र "हमास" बीचको नयाँ चरणको भिडन्त भएको कारण उहाँको भ्रमणलाई पछि सारिएको हो। यसै वर्षको जुन दश तारिख, प्यालेष्टाइनका दुइ वटा ठूला राजनीतिक दल "फाताह" र "हमास" बीच विचारधारा, राजनीतिक कार्यनीति, इजरेलको विरोध गर्ने तरिका फरक रहेको हुनाले नयाँ चरणको चर्को भिडन्त भएको हो। यस भिडन्तबाट दुवै पक्षका कतिपय व्यक्ति हताहत भएका छन। यसका साथै "हमास"ले गाजा क्षेत्रलाई नियन्त्रण गर्नुका साथै फाताहले जोर्डन नदीको पश्चिमी किनारालाई नियन्त्रण गरेको पृथक परिस्थिति देखा परेको छ। जुन सत्र तारिख सालाम फायादको नेतृत्वमा रहेको प्यालेष्टिनी संकटकालीन सरकारले शपथ ग्रहण गरेको कुराबाट तीन महिनासम्म स्थापित प्यालेष्टिनी राष्ट्रिय संयुक्त सरकारको विघटन प्रतिबिम्बित गरिएको छ। यस संकटकालीन सरकारमा "हमास"का सदस्य नभएकोले यस सरकारले अमेरिका, युरोपेली संघ तथा इजरेलद्वारा गरिएको समर्थन प्राप्त गरेको छ। अतः श्री आबासले यस्तो पृष्ठभूमिमा रुसको भ्रमण गर्दै हुनुहुन्छ।

      रुसका विदेश मन्त्री सेरगेइ लाभरोभले हिजो श्री आबाससँग वार्ता गर्दा भन्नुभएको थियो की, प्यालेष्टाइनका बैधानिक नेता महमुद आबास तथा प्यालेष्टाइनको राष्ट्रिय एकता र मध्य-पूर्वको शान्ति प्रक्रियालाई साकार तुल्याउन श्री आबासद्वारा गरिएको प्रयासको समर्थन रुसले गरेको छ। यसका साथै प्यालेष्टाइनलाई सहायता दिने ठोस तरिकाबारे आबाससँग छलफल गर्न रुसले तयारी पनि गरेको छ। वार्ताका केही दिनअघि लाभरोभले पत्रकारसँग कुराकानी गर्दै एउटा एकिकृत तथा सशक्त प्यालेष्टिनी सत्ता देख्न रुस इच्छुक रहेको कुरा वताउनुभएको थियो। श्री लाभरोभका अनुसार, हाल प्यालेष्टाइनको परिस्थिति निरन्तर रुपमा विग्रदै जानुका साथै निकै जटिल पनि बन्दै गएको छ। "फाताह" तथा "हमास" बीच वार्तामार्फत प्यालेष्टाइनको आन्तरिक संकटको समाधान गर्नसकिनेछ। वार्ताको पुन:आयोजनालाई घच्घच्याउनका लागि मध्य-पूर्व समस्या सम्बन्धी चार पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन।

      रुसका विदेश मन्त्री सेरगेइ लाभरोभको उक्त भनाइले प्यालेष्टिनी राष्ट्रिय परिषद्, आबास, प्यालेष्टाइनको एकिकरण तथा मध्य-पूर्वको शान्ति प्रक्रियाको समर्थन गरेको रुसको अडान स्पष्टसँग व्यक्त गरेको छ। तथापि "हमास"सँगको सम्बन्धबारे रुसले श्री आबासको आशा अनुसारको कुरा नहुन पनि सक्छ। किनभने रुसले "हमास"माथि आफ्ना प्रभाव कायम राख्ने आशा गरेको छ। जसबाट प्यालेष्टाइनको आन्तरिक अन्तर्विरोध, प्यालेष्टाइन र इजरेल बीचको भिडन्तको समाधान गर्ने प्रक्रिया तथा मध्य-पूर्व शान्ति प्रक्रियामा रुसले अरु बढी "श्रोत-साधन" प्राप्त गर्नसक्ने छ। त्यसै कारण इजरेल, अमेरिका तथा युरोपेली संघका मुलुकहरुले "हमास" "आतंकवादी संगठन" भएको निन्दा गरेतापनि रुसले "हमास"सँग सम्पर्क गरेको छ।

      हमासका वरिष्ठ नेता खालेद माशालले केही दिनअघि रुसका विदेश मन्त्री सेरगेइ लाभरोभसँगको टेलिफोन कुराकानीमा "प्यालेष्टाइनको एकिकरणको संरक्षण गर्ने हमासको दृढ अडान" व्यक्त गर्नुभयो। "फाताह" तथा "हमास" बीच प्यालेष्टाइन राष्ट्र स्थापनाको क्रममा आपसी सहयोगका लागि कुनै पनि बाधा नहुने ठहर श्री माशालले गर्नुभएको छ। केही सञ्चार माध्यमका अनुसार, आबासको रुस-भ्रमणको अवधिमा आबासलाई "हमास"सँग नरम हुन रुसले आग्रह गर्ने सम्भावना रहेको छ। त्यसैले श्री आबासको यस पटकको मास्को भ्रमणले उपलव्धी हासिल गर्नसक्ने वा नसक्ने भन्ने कुरामा मानिसहरुको ध्यानाकर्षण भएको छ।