तेस्रो चीन-एशिया यूरोप मेलाको उद्धाटन समारोह अर्थात् चीन-एशिया यूरोप आर्थिक सहयोग मञ्च सेप्टेम्बर दुई तारिखका दिन ऊरुमुछिमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् उप राष्ट्राध्यक्ष ली युआन छाउले मेलामा सहभागी हुनुका साथै भाषण पनि दिनुभएको छ।
उपराष्ट्राध्यक्ष लीले आफ्नो भाषणमा एशिया-यूरोपेली मुलुकहरूले खुलापन र सहयोगको विस्तार गर्नुका साथै साझा विकासलाई अघि बढाउनुपर्ने कुरा औंल्याउनुभएको छ। समारोहमा किर्गिजस्तानका प्रधानमन्त्री बाहेक नेपालका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पनि मन्तव्य दिनुभएको छ।
|