सन् 2013 मा तिब्बतद्वारा शिक्षामा दश अर्बभन्दा बढी लगानी
2014-01-13 18:58:47CRI
Share with:

         तिब्बत स्वायत्त प्रदेशीय शिक्षा मन्त्रालयबाट प्राप्त समाचारअनुसार, सन् 2013 मा तिब्बतले शिक्षाका लागि एघार अर्ब चिनियाँ युआन लगानी गरेको छ। स्कूल-उमेरका बालबच्चाको स्कूल भर्ना दर 99.59 प्रतिशत पुगेको छ भने निम्न माध्यमिक स्कूलको स्कूल भर्ना दर 98.75 प्रतिशत पुगेको छ।

        तिब्बत स्वायत्त प्रदेशका शिक्षामन्त्री मा शङ छाङका अनुसार, सन् 2013 मा तिब्बतमा 43 प्रकारका शिक्षा भत्ता नीति सञ्चालन गरिएको थियो। सो नीति अनुसार एक अर्ब उनान्नब्बे करोड दश लाख चिनियाँ युआन लगानी गरी पटक पटक गरी दश लाख तेतीस हजार चार सय शिक्षक र विद्यार्थीलाई सहयोग उपलब्ध गराइएको थियो। साथै विद्यार्थीलाई खाने, बस्ने, पढ्ने खर्चका लागि एक अर्ब अठ्तीस करोड दश लाख चिनियाँ युआन लगानी भएको छ र यसबाट पाँच लाख बीस हजार विद्यार्थीलाई फाइदा पुगेको छ।