तिब्बत स्वायत्त प्रदेशका सबै नागरिकमा आधारभूत शिक्षा प्राप्त
2014-01-14 19:25:59CRI
Share with:

तिब्बत स्वायत्त प्रदेशका सबै नागरिकमा आधारभूत शिक्षा प्राप्त

        तिब्बत स्वायत्त प्रदेशीय शिक्षा विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कका अनुसार, सन् 2013 मा तिब्बती प्राथमिक विद्यालयको भर्ना दर 99.59 प्रतिशत पुगेको छ भने युवाको निरक्षरता दर 0.63 प्रतिशतमा झरेको छ। साथै प्रदेशभरि प्रत्येक मानिसको शिक्षा पाउने समयावधि 8.4 वर्षसम्म पुगेको छ। यो तथ्याङ्कले आधारभूत रुपमा सबै तिब्बतीमाथि शिक्षा पुगेको छ।

      

तिब्बत स्वायत्त प्रदेशका सबै नागरिकमा आधारभूत शिक्षा प्राप्त

          सन् 2013 को अन्तसम्म तिब्बतका विभिन्न तहका विभिन्न प्रकारका स्कूलको सङ्ख्या एक हजार पाँच सय अन्ठान्नब्बे पुगेको छ। चीनको अन्तिम राजमार्ग पुगेको लिन्ची क्षेत्रको मोथो जिल्लामा पनि आधारभूत रुपमा सबैमाथि अनिवार्य शिक्षा पुगेको छ।

         तिब्बत स्वायत्त प्रदेशीय शिक्षामन्त्री मा शङ छाङले जानकारी दिएअनुसार, सन् 2007 मा तिब्बतले निःशुल्क रुपमा नौ वर्षको अनिवार्य शिक्षा नीति सञ्चालनमा ल्याएको थियो। सन् 2012 देखि पन्ध्र वर्षको निःशुल्क शिक्षा नीति सञ्चालनमा ल्याइएको छ।