तिब्बती आरुका फूलको महोत्सव आगामी मार्चमा सुरु
2014-01-16 19:17:01CRI
Share with:

तिब्बती आरुका फूलको महोत्सव आगामी मार्चमा सुरु

        तिब्बत स्वायत्त प्रदेशीय लिन्ची क्षेत्रको पर्यटन ब्यूरोबाट प्राप्त समाचारअनुसार, "चीनको सबैभन्दा सुन्दर वसन्त खोज्न लिन्ची जाऔँ" भन्ने मुख्य विषयसँगै बाह्रौँ लिन्ची आरुका फूलसम्बन्धी सांस्कृतिक महोत्सव हुने भएको छ। आगामी मार्च छब्बीस तारिख लिन्ची जिल्लाको गाला गाउँमा सुरु हुने महोत्सवमा चिनियाँ तथा विदेशी पर्यटकले "हिमाली क्षेत्रका आरुका फूलको समुद्र" अवलोकन गर्न पाउँछन्।

       

तिब्बती आरुका फूलको महोत्सव आगामी मार्चमा सुरु

          हरेक वसन्त ऋतुमा लिन्ची क्षेत्रमा ढकमक्क आरु फुल्छन जसले गर्दा सो क्षेत्र गुलाबी समुद्र जस्तो देखिन्छ। सो क्षेत्रमा मार्चको सुरुदेखि मेको मध्यकालसम्मलाई आरु फुल्ने याम मानिन्छ। लिन्ची क्षेत्रको पर्यटन ब्यूरोका अधिकारी चुङ आइ रुङ्गले जानकारी दिएअनुसार, यो महत्सवको अवधिमा प्रसिद्ध तिब्बती गायिका याङ ची माले प्रदर्शन गर्नेछन् साथै इन्टर्नेट कार्यक्रम पनि सञ्चालन हुनेछ। यसबाहेक चीनका आँखा रोग विशेषज्ञले लिन्ची क्षेत्रमा मोतियाबिन्दु रोगीलाई निःशुल्क उपचार गर्नेछन्।