विश्वविद्यालयमा अध्ययनरत तिब्बती विद्यार्थीमध्ये साठ्ठी प्रतिशत पशुपालकका छोराछोरीहरु
2014-01-17 19:01:15CRI
Share with:

        तिब्बत स्वायत्त प्रदेशीय शिक्षा विभागबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, सन् 2013 मा चीनका विश्वविद्यालय अध्ययनरत् तिब्बती विद्यार्थीमध्ये पशुपालकका छोराछोरीको संख्या सात हजार नौ सय पुगेको छ। यो सङ्ख्या विश्वविद्यालय अध्ययन गर्ने कूल तिब्बती विद्यार्थीमध्येको साठ्ठी प्रतिशत हो।

        प्राप्त जानकारीअनुसार, सन् 1985 देखि तिब्बतमा निःशुल्क अनिवार्य शिक्षाको आधारमा पशुपालकका बालबच्चालाई विद्यालय अध्ययन गर्न विशेष प्रोत्साहन नीति ल्याइएको थियो। जसमा त्यस्ता विद्यार्थीलाई खाने, बस्ने, शिक्षा लिनका लागि निःशुल्क व्यवस्था गरिदै आएको छ। शहर तथा गाउँका गरिबी परिवारका बालबच्चालाई समान मापदण्डको अनुदान प्रणाली र वित्तीय भत्ता नीति चलाइएको छ। सन् 2012 देखि तिब्बती शहर तथा गाउँमा निःशुल्क पूर्वस्कूल नीति चलाउन थालिएको छ। यसअघि चलाइएको पशुपालन क्षेत्रको निःशुल्क पूर्वस्कूल नीति, शहर तथा ग्रामीण क्षेत्रको अनिवार्य शिक्षा नीति र उच्च माध्यमिक स्कूलको निःशुल्क शिक्षा नीतिलाई हिसाब गरी तिब्बतभरि पन्ध्र वर्षसम्मको निःशुल्क शिक्षा नीति लागू गरिएको छ।