सन् 2013मा तिब्बत पर्यटन गरेका पर्यटकको कूल संख्या एक करोड उनन्तीस लाखभन्दा बढी
2014-02-03 19:10:01CRI
Share with:

       चीनको तिब्बत स्वायत्त प्रदेशको पर्यटन व्यूरोका अनुसार, सन् 2013मा तिब्बतमा पर्यटन गरेका पर्यटकको कूल संख्या एक करोड उनान्तीस लाख दश हजार पुगेको छ। जुन् सन् 2012को तुलनामा 22 प्रतिशतले बृद्धि भएको छ, सो संख्या इतिहासमा सबैभन्दा बढी रहेको पनि जनाइएको छ।

       थाहा भएअनुसार, सन् 2014मा तिब्बतले पर्यटनमा झन् बढी लगानी गर्नेछ। तिब्बतले ल्हासा अन्तर्राष्ट्रिय पर्यटन शहर, लिनज पर्यावरण पर्यटन शहर, लाल पर्यटन, गाउँ पर्यटनलाई अझै ठूलो शक्तिका रुपमा विकसित गर्नेछ। सन् 2014मा तिब्बतमा पर्यटन गर्ने पर्यटकको कुल संख्या एक करोड पचास लाख पुग्ने तथा पर्यटन सम्बन्धित आम्दानी बीस अर्ब चिनियाँ युआन पुर्‍याउने लक्ष्य राखिएको छ।