उदार, सूक्ष्म र गहन अर्थनिहित तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालयसम्बन्धी जानकारीको दोस्रो भाग
2014-02-18 14:14:50CRI
Share with:

उदार, सूक्ष्म र गहन अर्थनिहित तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालयसम्बन्धी जानकारीको दोस्रो भाग

       खनिज पदार्थलाई खान सकिने वस्तु बनाउन त्यतिको सजिलो काम होइन। त्यसैले तिब्बती औषधी बनाउने तरीका अति रहस्यमय बनेको छ। छिंग हाई प्रान्तको तिब्बती चिकित्सा र औषधी अनुसन्धान प्रतिष्ठानका प्रमुख दोर्जीले अगाडि भन्नुभयो-

      "जस्तो कि तिब्बती भाषामा "चो थाई" भनिने तरीका अर्थात पारो बनाउने तरीकालाई उदाहरण लेऔं। सर्वप्रथम पारोको विषलाई हटाउनुपर्छ, त्यसमा लाग्ने खियालाई खियाउनुपर्छ अनि त्यसपछि धुनुपर्छ र प्रशोधन गर्नुपर्छ। यो नै सम्पूर्ण प्रशोधित क्रम हो। फरक रोग हेरी फरक बनाउने तरीका अपनाउनु तिब्बती औषधी बनाउने एक स्पष्ट विशेषता हो। फरक मानिस र फरक रोगका लागि फरक बनाउने तरीका र प्रशोधन गर्ने तरीका अपनाउनुपर्छ। जस्तो कि बृद्ध व्यक्तिका लागि, प्रौढ व्यक्तिका लागि बालबालिकाका लागि, शरीरभित्रका अवयवको रोगका लागि अथवा चर्म रोगका लागि आदि फरक उमेरका मानिस वा फरक रोगका लागि औषधी बनाउने तरीका फरक हुन्छ। जस्तो कि हान श्वै श् नामक एक किसिमको तिब्बती औषधी बनाउने तरीका तीस किसिमकोभन्दा बढी रहेको छ"।

       चीनको तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालयमा तिब्बती चिकित्सा शास्त्रको मुख्य ग्रन्थ "चार थान महा चिकित्सा शव्दकोष" राखिएको छ। उक्त शव्दकोषअन्तर्गत चिकित्सा विषयक श्रृँखलाबद्ध चित्रहरुले तिब्बती चिकित्साशास्त्रका जति सबै विषयहरुको वर्णन झुण्ड्याउन सकिने चित्रद्बारा देखाएका छन। चीनको तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालयका उप प्रमुख युआन तान चेन छोले कुराकानी गर्दै विश्वका अरु कुनै पनि प्रकारको परम्परागत चिकित्साशास्त्रमा यो छँदै नभएको कुरा हो। उहाँ भन्नुहुन्छ-

        "चार थान महा चिकित्सा शव्दकोष"मध्येका श्रृँखलाबद्ध चित्रहरु तिब्बतको परम्परागत थाँकाको चित्र कोरे झैं कोरिएको हो। जम्मा असीवटा चित्रहरु छन। जसले जरा, मेरुदण्ड र हाँगाको रुपमा मानिसको शारिरिक अवयव र रोग सम्बन्धी अवस्था चित्रण गरेको छ। साथै यसले रोग ठम्याउने अघि पछिको क्रम बारे विस्तृत वर्णन गरेको छ। यसका आधारमा रोग ठम्याउँदा कुनै यन्त्रको भरमा नपरी करीब नब्बे प्रतिशतभन्दा बढी ठीक रहेको छ। तीमध्ये मानवको गर्भ विषयक चित्रहरुले कुनै पनि माइक्रोस्कोप र यन्त्रको प्रयोग नगरी चक्रवतका आधारमा बुबाको सुक्रकीट र आमाको डिम्ब जोल्पोटिएर बच्चा बन्ने सम्पूर्ण क्रम बारे प्रष्टसंग चित्रण गरेका छन।

उदार, सूक्ष्म र गहन अर्थनिहित तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालयसम्बन्धी जानकारीको दोस्रो भाग

          ज्योतिष शास्त्र चाहिं तिब्बती जातिले लामो कालको उत्पादन र जीवनयापनका क्रममा निष्कर्ष झिकेर तयार पारेको एक प्राकृतिक विज्ञान हो र हो यो तिब्बती जातीय संस्कृतिको महत्वपूर्ण संगठनात्मक भाग हो। त्यसको दिर्घकालीन इतिहास रहिआएको छ। यसका विषयवस्तुहरु प्रशस्त छन साथै त्यसमा प्रष्ट जातीय विशेषता देखिन्छ। तिब्बती जनताको दैनिक जीवनमा यसलाई व्यापक रुपमा प्रयोगमा ल्याइएको छ र यसले तिब्बती क्षेत्रको कृषि र पशुपालन व्यवसायमा महत्वपूर्ण प्रभाव पारेको छ। तिब्बती जातिको पात्रो पनि तिब्बती चिकित्सा र औषधी शास्त्रसित प्रत्यक्ष सम्बन्ध रहेको छ। चीनको तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालयका उप प्रमुख युआन तान चेन छोले भन्नुभयो-

           "तिब्बती जातिले दिर्घकालीन व्यवहारबाट धेरै अघि नै द्बँद्बवादी सैद्धान्तिक प्रणालीको सिर्जना गर्दै बाह्य क्षेत्रको मौसम परिवर्तन र ज्योतिषि नियम अनुसार रोग ठम्याउने, औषधी उपचार गर्ने, जरीबुटी टिप्ने र प्रशोधन गर्ने जस्ता तरीका अपनाउन थालेका थिए। जुन तरीकाको आज आएर विज्ञान प्रविधिको उच्च विकास भइरहेको अवधिमा पनि सिक्ने गुन्ने, अनुसन्धान गर्ने र प्रयोग गर्ने मूल्य रहेको छ"।

           छिंग हाई तिब्बती अस्पतालको बाथ रोग विभागका डाक्टर बन अर चेनले भन्नुभयो-

          "बाथ रोग जस्ता गाह्रो उपचार गर्न सकिने केही रोगको उपचार गर्ने दिशामा तिब्बती औषधीको अरुले ठाउँ लिन नसकिने भूमिका खेल्दछ। तिब्बती औषधी भिजाएर ल्याइएको पानीमा नुहाएर उपचार गर्ने पद्धति अत्यन्तै विशेष खालको छ। बाथ रोग, gout रोग र जोर्नीको रोगको उपचार गर्न यसको प्रभावकारी नतीजा देखिन्छ"।

          विरामी छछग्याछोलाई मेरुदण्डको गर्धन पर्ने खण्डनिर नचाहिंदा हाडको टुक्रा निस्केको हुँदा ज्यादै गाह्रो लागेको छ। उहाँले भन्नेभयो-

          "मलाई यो रोग लागेको नौ वर्ष भइसक्यो। यस पटक यस तिब्बती अस्पतालमा आएर जचाएपछि मलाई मेरुदण्डको गर्धन पर्ने खण्डनिर नचाहिंदा हाडको टुक्रा निस्केको रोग लागेको थाहा भयो। थप निस्केको हाडले स्नायु तन्तुमाथि थिचेको कारण मुटु र अरु धेरै ठाउँमा मलाई संचो लाग्दैन। तिब्बती चिकित्साको विशेष उपचार तरीका छ। यसले रोग लाग्ने मुहानलाई जरैदेखि उत्खनन गर्न सक्नेछ। यसैले म बिसेक हुन सक्ने कुरामा मेरो पक्का विश्वास छ"।

             तिब्बती चिकित्सा र औषधीको मोहिता एकनाससित फैलिंदै गइरहेको छ साथै आधुनिक विज्ञानको विकास गर्ने सिद्धान्तको डोर्‍याइमा विकासको झन फराकिलो र जीवन्त शक्तिले भरिपूर्ण गुन्जाइशमा प्रवेश गर्दैछ। छिंग हाई जैविक विज्ञान प्रविधि औद्योगिक क्षेत्रमा चीनको तिब्बती चिकित्सा र औषधी संस्कृति सग्रहालय प्रमुख रहेको र वरिपरिका धेरै तिब्बती चिकित्सा र औषधी व्यवसायहरु सहभागी भएको हुँदा आउने पाँच वर्षभित्र चीनको छिंग हाई प्रान्तले आफूलाई पर्यावरणीय वातावरणको संरक्षण गर्ने आधारमा चीनभित्र तिब्बती औषधीको उत्पादन र व्यापार गर्ने महत्वपूर्ण थलो र मुलुकभरि तिब्बती जरीबुटी लगाउने महत्वपूर्ण अखडाको रुपमा बनाउनेछ।