अमेरिकी राष्ट्रपति र दलाई लामाबीचको भेटघाटप्रति चीनको आपत्ति
2014-02-22 18:06:53CRI
Share with:

          स्थानीय समयअनुसार फेब्रअरी 21 तारिख चीनको कडा विरोधका बाबजुद अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा दलाई लामासँग भेट-घाट गर्नुभएको छ। राष्ट्रपति नियुक्त भएपछि ओबामाले दलाई लामासँग भेटवार्ता गर्नुभएको यो तेस्रो पटक हो। यसप्रति चीनले अमेरिकासमक्ष कडा शब्दमा आपत्ति प्रकट गरेको छ।

          चीनका उप परराष्ट्र मन्त्री चाङ्ग ये स्वीले उक्त भेटघाटपछि पछिल्लो समयमा चीनका लागि अमेरिकी अस्थायी एजेन्सीकर्ता डानियल दान्नेल क्रिटेन्ब्रीन्कसँग भेटवार्ता गर्नुभयो। भेटवार्तामा चाङ्गले अमेरिकाको उक्त गतिविधिले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त र चीनसँगको सम्बन्धमा आघात पुर्‍याएको कुरा व्यक्त गर्नुभयो।

          अमेरिकाका लागि चिनियाँ राजदूत छ्वी थ्यान खाइले आपसी केन्द्रीय हितलाई सम्मान गर्नु नै चीन र अमेरिकबीचको सम्बन्धको स्थिर तथा स्वस्थ विकासको प्रत्याभूति दिने मुख्य विषय हो भन्दै चीन सरकार र चिनियाँ जनताद्बारा राष्ट्रिय सार्वभौमिकता र एकीकरण संरक्षणको अठोट दृढ छ भने कुनै पनि शक्तिले यसलाई ध्वस्त गर्न नसक्ने बताउनुभयो।