तिब्बतमा वातावरण प्रदूषण गर्ने 82 उद्योगमाथि कारवाही
2014-03-01 19:54:54CRI
Share with:

       तिब्बत स्वायत्त प्रदेशीय वातावरण संरक्षण मन्त्रालयबाट प्राप्त समाचारअनुसार, सन् 2013 मा तिब्बती पर्यावरण संरक्षण गर्नका लागि वातावरण प्रदूषण हुने 82 उद्योगमाथि कारवाही गरिएको छ। कारवाहीका क्रममा कतिपय उद्योगहरु बन्द गराएका पनि छन्। ती उद्योगहरु निश्चित समयमा सुधार गरेर चलाउन सकिने पनि मन्त्रालयले जनाएको छ। सन् 2013 को अन्तसम्म तीमध्येका 65 वटा उद्योग बन्द भएका छन् वा निश्चित समयभित्र सुधार गरिएका छन्।

       यसबाहेक तिब्बतको प्रदूषण स्रोतको अनुगमन तथा नियन्त्रण कार्यले पनि नयाँ प्रगति पाएको छ। गत वर्ष तिब्बतको पहिलो प्रदूषण स्रोत रिमोट स्वचालित अनुगमन तथा नियन्त्रण प्लेटफोर्म अथवा ल्हासा शहरको मुख्य उद्योग प्रदूषण स्रोतको अनलाइन अनुगमन तथा नियन्त्रण सिस्टम स्थापना गरी प्रयोगमा ल्याइएको थियो।

        सरकारको प्रयास र समर्थनमा तिब्बतको पर्यावरण अवस्था राम्रो भइरहेको छ। सन् 2013 मा चीनको राज्य परिषदले सार्वजनिक गरेको तिब्बतको विकास तथा प्रगति श्वेत पत्रमा उल्लेख गरिएअनुसार, तिब्बतको पर्यावरण तथा सभ्यता निर्माणबाट स्पष्ट उपलब्धि हासिल भएको छ। तिब्बत अब वर्तमान विश्वमा सबभन्दा सफा क्षेत्रमध्येको एक रहेको छ।