तिब्बतको स्थिर विकासमा परिवर्तन नहुने पादमा चिन्लेको भनाइ
2014-03-10 19:44:16CRI
Share with:

      चीनको राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवं तिब्बत स्वायत्त प्रदेशीय जन कंग्रेसका स्थायी समितिका अध्यक्ष पादमा चिन्लेले अमेरिकी राष्ट्रपति बाराक ओबामा र दलाइ लामाबीचको भेटबारे चर्चा गर्दै त्यसबाट तिब्बती स्थिर विकासमा कुनै पनि परिवर्तन नहुने बताउनुभयो।

       पादमा चिन्लेले पत्रकारसँग कुराकानी गर्दै दलाइ लामा कस्तो मान्छे हुन् भन्ने कुरा सबैलाई थाहा भएको र दलाइ लामासँग भेट गर्ने लक्ष्य पनि स्पष्ट भइसकेको बताउनुभयो। तिब्बत शान्तिपूर्ण मुक्ति भएयता सबैले तिब्बतको निर्माण तथा विकास कार्यमा भाग लिएको र अनुभव प्राप्त गरेको बताउँदै मातृभूमिमा परिवारको न्यानो र सुखमय जीवन पाउन निकै कठिन भएको अनुभव पनि उहाँले सुनाउनुभयो।

       पादमा चिन्लेले तिब्बती कार्यकर्ता र सर्वसाधारणले यस्तो कठीन अनुभवको अवसरमा आर्थिक विकास बढाएर जनजीवन सुधार गर्ने पनि व्यक्त गर्नुभयो। साथै उहाँले चिनियाँ तथा विदेशी सञ्चारमाध्यमले तिब्बत गएर निष्पक्ष रुपमा वास्तविक तिब्बतबारे समाचार सम्प्रेषण गर्न आव्हान पनि गर्नुभयो। तिब्बत जाने पत्रकारलाई आफूले स्वागत गर्ने बताउँदै उहाँले सत्यतथ्य समाचारबाट अझै बढी तिब्बतको प्रचारप्रसार हुने बताउनुभयो।