तिब्बतको शान्ति,विकास र स्थिरता महत्वपूर्ण: यु चङ शङ
2014-03-10 19:44:16CRI
Share with:

     चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवं राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले आज दश तारिख विहान बाह्रौँ राष्ट्रिय जन कंग्रेसको दोस्रो अधिवेशनको तिब्बती प्रतिनिधिमण्डलको विचार-विमर्श बैठकमा भाग लिनुभयो।

      प्रतिनिधिको सम्बोधन सुनेपछि यु चङ शङले अध्यक्ष चाङ द च्याङले गर्नुभएको राष्ट्रिय जन कंग्रेसको कार्य प्रतिवेदनमाथि पूर्ण रुपमा स्वीकार गरेको व्यक्त गर्नुभयो। साथै उहाँले जोड दिनुभयो: महासचिव सी चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तिब्बत सम्बन्धी नयाँ कार्य निर्देशन दतचित्त भएर सिकेर लागू गर्नुपर्छ, देश शासन गर्न सीमा शासन गर्नुपर्छ, सीमा शासन गर्न तिब्बतलाई स्थिर बनाउनुपर्छ भन्ने महत्वपूर्ण रणनीतिक विचार सम्झेर ऐनबमोजिम तिब्बत शासन गर्ने र दीर्घकालीन तिब्बतको निर्माण गर्नेमा अडिग रहनुपर्छ। सरकारी कार्यकर्ता र सर्वसाधारणलाई दलाइ गुटले भनेको उच्च स्वशासन भनाइको सार र हानी स्पष्ट रुपमा देखाउनुपर्छ भन्दै उहाँले भन्नुभयो, आर्थिक विकास र जनजीवन सुधारलाई बढाएर तिब्बतको दीर्घकालीन शान्तिलाई प्राथमिकता दिनुपर्छ।