तिब्बतलाई महत्वपूर्ण विश्व पर्यटन गन्तव्य बनाइने
2014-03-12 19:46:01CRI
Share with:

       चिनियाँ राष्ट्रिय जन कंग्रेसका सदस्य एवं तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष गसाङ च्याङछोनले तिब्बतले पर्यटन विकासको स्तर, सेवा व्यवस्थापन स्तर र पर्यटक स्रोत बजारको अवस्थालाई बढाएर पर्यटन र संस्कृति, पर्यावरणलाई महत्वपूर्ण विश्व पर्यटन गन्तव्यको निर्माण गर्ने जानकारी दिनुभयो।

        हिजो एघार तारिख पत्रकारसँग कुराकानी गर्दै उहाँले तिब्बतले सगरमाथा, नामुछो ताल आदि दृश्यावलोकन क्षेत्रलाई राष्ट्रिय पार्कको रुपमा निर्माण गर्ने त्यसका लागि चालु वर्ष तिब्बतले पर्यटन उद्योगको विकास सम्मेलनको आयोजना गरी पर्यटन विकास ढाँचा परिवर्तन गर्नेबारे बताउनुभयो। तिब्बतलाई विश्व पर्यटन गन्तव्य बनाउन सहयोग गर्नका लागि राष्ट्रिय पर्यटन ब्यूरो, विश्व पर्यटन संगठन आदि एकाइलाई निमन्त्राणा गर्ने पनि उहाँले बताउनुभयो।

        गत वर्ष तिब्बतमा एक करोड उन्तीस लाख दश हजार चिनियाँ तथा विदेशी पर्यटकले भ्रमण गरेका थिए। यो सङ्ख्या सन् 2012 को भन्दा बाइस प्रतिशत बढी हो। साथै पर्यटन उद्योगमा संलग्न व्यक्तिको संख्या तीन लाख पुगेको छ।