तिब्बतका छवटा नदी वरिपरि वृक्षरोपण परियोजना सुरु
2014-03-29 19:34:37CRI
Share with:

        सिन ह्वा समाचार समितिका अनुसार, तीस अर्ब युआनको लगानीमा तिब्बती छवटा नदी वरिपरि वृक्षरोपण परियोजना आज मार्च उनन्तीस तारिख शिगाचे क्षेत्रको नान मु लिन जिल्लाको आइमा गाङ गाउँमा औपचारिक आरम्भ भएको छ। छिङ हाइ-तिब्बत रेलमार्ग परियोजनापछि यो तिब्बतमा सबभन्दा बढी लगानी भएको परियोजना हो।

          परियोजनामा परेका छ नदीहरुमा यालुचाङपु नदी, नु नदी, ल्हासा नदी, न्यान छु नदी, या लुङ नदी र श छ्यान नदी हुन्। यी नदीहरु तिब्बती पर्यावरणीय सुरक्षा बाँधका महत्वपूर्ण भाग हुन्। तिब्बतका सात शहर क्षेत्र र चवालीसवटा जिल्ला ओगटेको उक्त परियोजना सन् 2030 सम्ममा सम्पन्न हुनेछ।