सन् 2020सम्ममा चिकित्सा तथा औषधि सेवाबाट सबै तिब्बती गाउँ-वस्ती ढाकिने
2014-04-20 18:22:19CRI
Share with:

          तिब्बती चिकित्सा तथा औषधि, शैक्षिक, वैज्ञानिक अनुसन्धानको विकासका साथै सन् 2020 सम्ममा तिब्बतमा 95प्रतिशत बसोबास क्षेत्र र पूरै गाउँ-बस्तीका अस्पतालमा तिब्बती चिकित्सा विभाग र तिब्बती औषधि विभागको स्थापना गरिने भएको छ। यो तिब्बत स्वायत्त प्रदेशको स्वास्थ्य व्यूरोबाट प्राप्त जानकारी हो।

          चिकित्सा तथा औषधि तिब्बतमा दुई हजार तीन सय वर्षदेखि प्रचलित रही हाल चीनमा सबैभन्दा पूर्ण र प्रभावशक्तियुक्त जातीय चिकित्सा तथा औषधिहरुमध्येको एक बनेको छ। तिब्बती चिकित्सा शास्त्र, चिनियाँ चिकित्सा शास्त्र, प्राचीन भारतीय चिकित्सा शास्त्र र प्राचीन अरबी चिकित्सा शास्त्र विश्वमा चारवटा ठूला परम्परागत चिकित्सा शास्त्रमध्येमा गनिन्छन्।

           सन् 2013 मा चिनियाँ राज्य परिषद्द्बारा प्रकाशित "तिब्बतको विकास तथा प्रगति" शीर्षकको श्वेतपत्र अनुसार, हाल तिब्बतमा दर्ता गरिएका बीसवटा तिब्बती औषधि उत्पादन व्यवसायले करिब तीन सय 60 प्रकारका तिब्बती औषधिको उत्पादन गर्नसक्छन्।