चालु वर्ष तिब्बतमा जलस्रोतका लागि 4 अर्ब 50 करोड चिनियाँ युआन लगानी
2014-04-27 19:25:02CRI
Share with:

        तिब्बत स्वायत्त प्रदेशीय जलस्रोत मन्त्रालयबाट प्राप्त समाचारअनुसार, गत वर्ष तिब्बतमा जलस्रोतका लागि 4 अर्ब 60 करोड चिनियाँ युआन लगानी गरी कृषि तथा पशुपालन क्षेत्रका दुई लाख 82 हजार तीन सय नागरिकको खाने पानी सुरक्षा गरी 38 हजार चार सय नागरिकलाई बिजुली आपूर्ति गरिएको छ। यही वर्ष तिब्बतमा जलस्रोतको लागि थप 4 अर्ब 50 करोड चिनियाँ युआनको लगानी गर्ने कार्यक्रम रहेको छ।

         तिब्बत स्वायत्त प्रदेशीय जलस्रोत मन्त्री दावा ट्रासीका अनुसार, तिब्बतको पर्याप्त जलस्रोतको संरक्षण तथा विकास र तिब्बतको विकास तथा सर्वसाधारणको जीवनबीच सम्बन्ध रहेको छ। यसै वर्ष तिब्बतले जलस्रोतको लागि 4 अर्ब 50 करोड चिनियाँ युआनको लगानी गरी एक लाख सत्ताइस हजार नागरिकलाई विजुली आपूर्ति गर्ने कार्यक्रम रहेको छ।

         हालसम्म तिब्बतमा एक सय बाह्रवटा जसस्रोत परियोजना सुरु भएका छन्।