चीनद्वारा अल्पसंख्यक जातीय क्षेत्रको विकासमा अझ बढी लगानी
2014-05-26 18:48:51CRI
Share with:

       चिनियाँ राज्य परिषदद्वारा 26 तारिख प्रकाशित "सन् 2013 चिनियाँ मानव अधिकार कार्य समीक्षा" विषयक श्वेत-पत्र अनुसार, चीनले अल्पसंख्यक जाति र जातिय क्षेत्रको आर्थिक समाजको विकासमा झन् बढी लगानी गर्ने भएको छ जसबाट अल्पसंख्यक जाति र जातीय क्षेत्रको आर्थिक समाजको विकासमा धेरै सफलता प्राप्त गरिनेछ।

       श्वेत-पत्रमा चीनको अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक समाजको अधिकारमा पूर्ण प्रत्याभूति पाइएको थियो। सन् 2013मा चिनियाँ केन्द्रिय सरकारले भित्री मंगोलिया, क्वाङ सि, तिब्बत, निन स्या र सिन्च्याङ यी पाँच वटा स्वायत्त प्रदेश, क्वी चौ, युन नान, छींग हाइ यी तीन वटा अल्पसंख्यक जातिका मानिस बढी रहेको प्रान्तमा अझ बढी लगानी गरेको थियो।

        सन् 2013मा तिब्बत स्वायत्त प्रदेशको कूल गार्हस्थ उत्पादन कूल रकम असी अर्ब छयहत्तर करोड सत्तरी लाख चिनियाँ युआन पुगेको छ। सन् 2013मा सिञ्च्याङ युगुर स्वायत्त प्रदेशको गार्हस्थ उत्पादन कूल रकम आठ खर्ब एकाउन्न अर्ब चिनियाँ युआन पुगेको छ।