तिब्बतमा चीनका मुख्य जंगली जनावरमध्ये तीस प्रतिशतभन्दा बढी
2014-06-06 19:24:53CRI
Share with:

        तिब्बत स्वायत्त प्रदेशीय वातावरण संरक्षण विभागले हिजो पाँच तारिख बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, तिब्बतमा हाल एक सय पचीस किसिमका राष्ट्रिय स्तरीय मुख्य जंगली जनावर रहेका छन्। यस तथ्याङ्कले चीनको कूल मुख्य जंगली जनावरको तीस प्रतिशतभन्दा बढी जनावर तिब्बतमा रहेको पुष्टि गरेको छ।

          हिजो सार्वजनिक भएको सन् 2013 मा तिब्बत स्वायत्त प्रदेशको वातावरण अवस्था विज्ञाप्ति अनुसार, हाल तिब्बत विश्वमा सबभन्दा राम्रो वातावरण गुणस्तर भएको क्षेत्रमध्येको एक हो। तिब्बतको अधिकांश क्षेत्र प्राकृतिक अवस्थामा रहेका छन् र जैविक विविधताबाट हेर्दा तिब्बत विश्वकै उत्कृष्ट क्षेत्र मध्येको एक रहेको छ।