तिब्बती जंगली जनावर स्रोत सर्वेक्षणमा हिम चितुवाको खोजी
2014-06-15 18:15:01CRI
Share with:

तिब्बती जंगली जनावर स्रोत सर्वेक्षणमा हिम चितुवाको खोजी

           तिब्बत स्वायत्त प्रदेशको वन जङ्गल व्यवसाय व्युरोअन्तर्गत जाँच योजना अनुसन्धान प्रतिष्ठानबाट जानकारी दिइएअनुसार जाँच योजना तथा अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय वनजङ्गल व्युरोबाट गठित सर्वेक्षण टोलीले हालै चाम्दो क्षेत्रमा पर्ने लै न्याउ छि जिल्लामा राष्ट्रिय उच्च स्तरीय संरक्षित जनावर हिम चितुवाको खोजी गरी फोटो सुरक्षित गरेको छ। यस खोजीलाई जँगली जनावरको संरक्षणका लागि निकै महत्वपूर्ण मानिएको छ।

          थाहा भएअनुसार हिम चितुवाको लचकदार तथा फास्ट एक्सन क्षमता रहेको छ। त्यसैले यस सर्वेक्षणमा हिम चितुवाको फोटो खिची सुरक्षित राखिएको हो। यस क्षेत्रमा रहेको हिम चितुवाको एक्सन अवस्थाबारे अझ विस्तृत रुपमा जानकारी लिनका लागि यस सर्वेक्षण टोलीले लै न्याउ छि जिल्लामा धेरै आधुनिक स्वचालित क्यामेरा प्रयोग गरेको छ।

             केही वर्षयता चीन सरकार र तिब्बत स्वायत्त प्रदेशले जंगली जनावरको संरक्षण तथा अनुसन्धान कार्यमा निकै ध्यान दिँदै आएका छन्। हिमालय क्षेत्रमा रहेको हिम चितुवाको जीवनचर्या जानकारी लिनका लागि हिमालय राष्ट्रिय स्तरीय प्राकृतिक संरक्षण तथा व्यवस्थापन व्युरोले यस वर्षको मे महिनामा हिम चितुवा संरक्षण केन्द्रको स्थापना गरेको थियो।