चीनको तिब्बती संस्कृति प्रतिनिधिमण्डल अस्ट्रेलिया भ्रमणमा
2014-06-17 19:02:29CRI
Share with:

       चीनको तिब्बती सांस्कृतिक आदान-प्रदान मण्डलले हिजो जुन सोह्र तारिख अस्ट्रेलियाको सिड्नीमा तिब्बत विकाससम्बन्धी गोष्ठीको आयोजना गरेको छ। सो अवसरमा मण्डलका प्रमुख एवं स छ्वान विश्वविद्यालयका प्रोफेशर लोरुङचानद्वीले "चीनको तिब्बतको विगत, वर्तमान र भविष्य" शीर्षकमा सम्बोधन गर्नुभयो।

        लोरुङचानद्वीले पुरानो तिब्बतको उत्पादन माध्यम र श्रमिक उपलब्धि थोरै व्यक्तिको हातमा रहेको र आर्थिक विकास नभएको जानकारी दिनुभयो। धर्मको आडमा गरिएको राजनीति प्रशासन भएको पुरानो तिब्बतमा धर्मलाई धर्मका रुपमा नभइ मानिसलाई दाष बनाउन गरिएको प्रबन्ध मात्रै थियो र धर्मावलम्बीको कुनै पनि मर्यादा थिएन भन्ने पनि उहाँले जानकारी दिनुभयो।

         साथै लोरुङचानद्वीले तिब्बतको सुधार तथा विकासमा केन्द्रीय सरकारले उच्च ध्यान दिइरहेको बताउँदै सार्वजनिक प्रबन्ध र सेवा उपलब्ध गराएर जनजीवनको सुधार गरिरहेको बताउनुभयो।

         यसबाहेक मण्डलले अस्ट्रेलिया अन्तर्राष्ट्रिय मामिला अध्ययन केन्द्रसँग आदान-प्रदान गरी तिब्बतको विकासबारे जानकरी दिएको थियो।