23 लाख तिब्बती कृषक तथा पशुपालक खानेपानी समस्याबाट मुक्त
2014-07-11 18:38:29CRI
Share with:

           तिब्बत स्वायत्त प्रदेश जल श्रोत व्युरोबाट थाहा पाइएअनुसार सन् 2005 मा कृषि तथा पशुपालन क्षेत्रमा खानेपानी सुरक्षा परियोजना सुरु भएदेखि यता हालसम्म लगभग 23 लाख कृषक तथा पशुपालकको खानेपानीको समस्याको समाधान भएको छ। तिब्बतको कृषि तथा पशुपालन क्षेत्रमा रहेको खानेपानी सुरक्षा समस्याको समाधान गर्नका लागि चीनको केन्द्रीय सरकारले जम्मा दुई अर्ब बाईस करोड असी लाख चिनियाँ युआन रकम छुट्याएको छ।

            तिब्बती जल श्रोत व्युरोअन्तर्गत जनसंसाधन तथा खानेपानी मामिला कार्यालयका जिम्मेवार व्यक्ति पा साङ्ग ल्वो चेले जानकारी दिनुभएअनुसार हाल केही वर्षयता खानेपानी सुरक्षा परियोजनाबाट ठूलो परिमाणमा खानेपानीको गुणस्तर र पानी खाने पूर्वाधारलाई सुधार पारिएको छ।