तिब्बतको छाङ्गतु प्राथमिक विद्यालयद्बारा साँस्कृतिक प्रचारप्रसार मजबुत
2014-07-11 18:37:43CRI
Share with:

         सन् 1951 मा छाङ्गतु क्षेत्रीय प्रयोगात्मक प्राथमिक स्कूल स्थापना भएपछि त्यहीबाट तिब्बतमा आधुनिक शिक्षा प्रारम्भ भएको मानिन्छ। 63 वर्षको विकास पार गरेपछि यस स्कूलले शैक्षिक गुणस्तर, शिक्षक शक्ति आदि क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको देखिन्छ। हाल यस स्कूलले द्विभाषा अर्थात् चिनियाँ तथा तिब्बती भाषा शिक्षा र "श्वान चि"नृत्य यी दुबै शिक्षा विशेषताद्बारा तिब्बती जनताको परम्परागत संस्कृतिको जगेर्ना गर्दैआएको छ।

         रोजगारीका लागि चिनियाँ भाषा समस्त तिब्बती जनताको मनमा एक महत्वपूर्ण प्राविधिक क्षमताको रुपमा मानिन्छ। तापनि छाङ्गतु क्षेत्रीय प्रयोगात्मक प्राथमिक स्कूलले चिनियाँ भाषा सिकाउँदै द्दढताका साथ परम्परागत तिब्बती भाषा प्रचारप्रसार गर्दै आएको छ।

            सन्2006 छाङ्गतु क्षेत्रको"श्वान चि"नृत्य पहिलो राष्ट्रिय गैर भौतिक साँस्कृतिक पुर्ख्यौली सम्पदाको सूचीमा राखिएको थियो। छाङ्गतु क्षेत्रीय प्रयोगात्मक प्राथमिक स्कूलले यस नृत्यलाई कक्षा क्रियाकलापमा भित्र्याएको छ जसबाट विद्यार्थीको व्यायाम मात्र नभई यस श्रेष्ठ परम्परागत सँस्कृतिको विकास गर्नका लागि हितकर भएको छ।