तिब्बतको इल घाँटी दृश्यावलोकन क्षेत्रको निर्माण तीन वर्षमा पूरा हुने
2014-07-14 19:08:06CRI
Share with:

तिब्बतको इल घाँटी दृश्यावलोकन क्षेत्रको निर्माण तीन वर्षमा पूरा हुने

        'पूर्वी स्विजल्याण्ड' का नामले चिनिएको तिब्बतको इल घाँटी दृश्यावलोकन क्षेत्रको निर्माण योजना पूरा भएको छ। योजनानुसार, सो क्षेत्रको विकास तथा निर्माण आगामी दुई/तीन वर्षमा पूरा हुने भएको छ। त्यसपछि पर्यटकहरुले चीनमै स्विजल्याण्डको रमणीय दृश्य हेर्न पाउने छन्।

         इल काउन्टीका महासचिव लिउ फङले बताउनु भए अनुसार, सो दृश्यावलोकन क्षेत्रको विकास तथा निर्माण क्रममा वातारणीय संरक्षणमा संरक्षण गरिने छ। निर्धारित योजना वमोजिम, निर्माण भएपछि सबै किसिमका गाडीको सट्टामा इलेक्ट्रोनिक गाडीमार्फत सो क्षेत्रको दृश्यावलोकन गर्न पाइने छ। स्थानीय तिब्बतीको घरमा होमस्टे बाहेक, सबै होटेलहरुलाई पनि दृश्यावलोकन क्षेत्र बाहिर सारिनेछ।

          इल घाटी तिब्बतको लेउछी जिल्लाबाट 85 किलोमिटर टाढामा पर्दछ। समुद्र सतहदेखि 3850 मिटर उचाइमा रहेको यो घाँटीमा सयौं किसिमका बनस्पति पाइन्छन्।