च्यु चाइ कौ तिब्बती जातीय आदिवासीको घरको अवलोकन-2
2014-07-15 16:46:56CRI
Share with:

च्यु चाइ कौ तिब्बती जातीय आदिवासीको घरको अवलोकन-2

        च्यु चाइ कौबाहिर नव निर्माण भएका तिब्बती देहातको तुलनामा च्यु चाइ कौभित्रको तिब्बती देहात एकदम मूल तथा सरल देखिन्छ। वाङ छ्याङका अनुसार, सन् 1992 मा च्यु चाइ कौलाई विश्व प्राकृतिक सम्पदा सूचिमा राखिएको थियो। उक्त परम्परागत तिब्बती देहातको मूल रुप र पूर्णताको संरक्षण गर्नका लागि दृश्यावलोकन क्षेत्रले नयाँ निर्माण वस्तुको संख्याको कडा नियन्त्रण गर्ने गर्छ। वाङ छ्याङ भन्नुहुन्छ—आवाज दुई

       संरक्षणलाई प्रथम स्थानमा राख्नु नै च्यु चाइ कौले गरेको सबभन्दा असल कुरा हो। संरक्षण गरी पर्यटन उद्योगलाई प्रबर्द्धन गरिन्छ। हामीले मूल जीवन शैली कायम राख्न उनीहरुलाई उत्साह गर्छौँ। पर्यटन उद्योग विकास भएपछि आदिवासीले बाहिरसँग धेरै सम्पर्क गरेको छ साथै उनीहरुको जीवन पनि परिवर्तन भएको छ। पर्यटन विकासबाहेक हामीले सँस्कृतिको उत्तराधिकारमाथि पनि धेरै ध्यान र समर्थन दिएका छौँ।

       हाल च्यु चाइ कौका नब्बे प्रतिशतभन्दा बढी आदिवासीले पहिलाको कार्य छोडेर सरसफाइ गर्ने, पर्यटन गाइड गर्ने, पहाडको संरक्षण गर्ने आदि कार्य गरेका छन्। उनीहरु च्यु चाइ कौको संरक्षण गर्ने मुख्य शक्ति बनिसकेका छन् अनि प्रतिव्यक्तिको वार्षिक आम्दानी सोह्र हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।

       दश वर्षअघि दृश्यावलोकन क्षेत्रमा तालिम लिँदा तिब्बती युवती याङ फु यिङले एकजना युवकसँग माया गाँस्नु भयो र पछि बिहे गरेर श्रीमान् बनाउनुभयो। अहिले च्यु चाइ कौ दृश्यावलोकन क्षेत्रको एउटा पसलमा काम गर्ने याङ फु यिङका अनुसार, पर्यटन उद्योग विकास भएयता च्यु चाइ कौको दृश्य अझै सुन्दर भएको छ। यहाँको वायु सफा छ र पानी मीठो छ। वातावरण बिग्रिएकै छैन। जीवन पनि राम्रो हुँदैआएको छ। उहाँले भन्नुभयो

       स्थानीय बासिन्दाको रुपमा रहँदा मलाई लाग्छ केही वर्षयता यहाँको वातावरण र जीवनमा ठूलो परिवर्तन भएको छ। सानो हुँदा हामीले लगाएको लुगा अहिलेको तुलनामा हुँदैन। पर्यटन उद्योग विकास भएपछि जीवन पनि फेरिँदै आएको छ। पहिला बच्चालाई गाउँको स्कूलमा पुर्‍याउन पनि निकै कठिन थियो किनभने स्कुल टाढा छ। तर अहिले जीवन र यातायात सुविधाले गर्दा सबै कुरा सरल भएको छ। मेरो बच्चाको उदाहरणको लागि मैले उस्लाई जिल्लाको शिशुविद्यालयमा पुर्‍याएँ। अरु केही राम्रो अवस्था रहेका परिवारले बच्चालाई छङ तु र पैचिङ जस्तो ठूलो शहरमा पुर्‍याउँछन् अझै कहाँसम्म भने विदेश पनि पुर्‍याएका छन्।

च्यु चाइ कौ तिब्बती जातीय आदिवासीको घरको अवलोकन-2

       च्यु चाइ कौका विभिन्न प्रबन्धको आधुनिकीकरण भइसके पनि स्थानीय तिब्बती आदिवासीले परम्परागत जीवन शैलीको कायम राखिरहेका छन्। धार्मिक विश्वासको कारणले यहाँका मानिसलाई यहाँको पवित्र पहाड र पानी मन पर्छ र प्रकृतिलाई सम्मान तथा संरक्षण गरिरहेका छन्। खेतीमा निर्भर भएको जीवन छोडे पनि उनीहरुले मानिस र प्रकृतिबीचको सन्तुलन खोज्न प्रयास गरिरहेका छन्।

       आधुनिक जीवन शैलीबाट च्यु चाइ कौमा परम्परागत तिब्बती सँस्कृतिको उत्तराधिकारलाई परिवर्तन गरेको छैन। पर्यावरण पर्यटन दिगो विकासको मूल हो अनि जातीय सँस्कृति पर्यावरणको महत्वपूर्ण विषयमध्येको एक हो। च्यु चाइ कौको तिब्बती जातीय सँस्कृतिको प्रभावकारी रुपमा संरक्षण गरी मात्रै च्यु चाइ कौ यी विश्व सम्पदाको राम्रोसँग संरक्षण गर्नसकिन्छ। च्यु चाइ कौमा बसोबास गर्ने तिब्बतीहरुको सुखमय जीवनले त्यसलाई प्रमाण दिएको छ।