सन् 2020 सम्ममा तिब्बती राजमार्गको कूल लम्बाई एक लाख दश हजार किलोमिटर पुग्ने
2014-07-24 18:41:40CRI
Share with:

सन् 2020 सम्ममा तिब्बती राजमार्गको कूल लम्बाई एक लाख दश हजार किलोमिटर पुग्ने

           सन्2020मा चीनको तिब्बत स्वायत्त प्रदेशको सार्वजनिक मार्गको कूल लम्बाई एक लाख दश हजार किलोमिटर पुग्ने भएको छ। यातायात तथा ढुवानी मन्त्रालयले हाल सार्वजनिक गरेको "तिब्बत यातायात ढुवानीको वैज्ञानिक विकासलाई अघि बनाउने केही सुझाव" ‌अनुसार तिब्बतको यातायात तथा ढुवानीको विकास तिब्बतको अर्थतन्त्र र समाजको तिब्र विकास तथा तिब्बतको दीर्घकालीन सुरक्षासित घनिष्ट रुपमा सम्बन्धित रहेको छ। मैत्री यातायात ढुवानी प्रणाली रुपरेखाको निर्माणलाई मजबुत बनाउँदै तिब्बतको यातयात ढुवानी प्रणालीलाई पनि सक्दो छिटो साकार तुल्याउनुपर्छ।

            सार्वजनिक राजमार्गबाहेक सन्2020मा तिब्बतको मुख्य रेलमार्ग सञ्जाल पनि प्रारम्भिक रुपमा स्थापना गर्ने छ। त्यस्तै यातायातको सूचनाकरण स्तर पनि स्पष्ट बढ्ने भएको छ।