तिब्बतका तेह्र वटा गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना चौथो खेपको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा
2014-08-08 18:51:47CRI
Share with:

तिब्बतका तेह्र वटा गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना चौथो खेपको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा

           चीनको सँस्कृति मन्त्रालयले सार्वजनिक गरेको चौथो खेपको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजनाहरुको नामावलीमा तिब्बत स्वायत्त प्रदेशको वाङ को चाडलगायत तेह्र वटा गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना समावेश गरिएको छ। सयौं र हजारौं वर्षसम्म निरन्तरता दिइएका ती तिब्बती जातीय परम्परागत सँस्कृतिलाई अझै प्रभावकारी रुपमा संरक्षण र निरन्तरता दिइनेछ।

तिब्बतका तेह्र वटा गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना चौथो खेपको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा

            गैर-भौतिक साँस्कृतिक सम्पदा तिब्बतको सँस्कृतिको महत्वपूर्ण भाग हो। हालै दश वर्षयता केन्द्रीय सरकार र तिब्बत स्वायत्त प्रदेशले तिब्बतको गैर-भौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा एकपछि अर्को गरी 12 करोड 70 लाख चिनियाँ युआन छुट्याएको छ।

तिब्बतका तेह्र वटा गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना चौथो खेपको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदा सूचीमा

              तथ्यांकअनुसार, हाल तिब्बतका 76 वटा राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदा परियोजना र 68 जना उत्तराधिकारी राष्ट्रिय नामावलीमा प्रवेश भएका छन्। 323 वटा परियोजना र 350 जना उत्तराधिकारी तिब्बत स्वायत्त प्रदेशको नामावलीमा प्रवेश भएका छन्।