चिनियाँ तिब्बतको विकास मञ्च ल्हासामा हुने
2014-08-09 18:00:29CRI
Share with:

           चिनियाँ राज्य परिरषदअन्तर्गत प्रेस कार्यालय र तिब्बत स्वायत प्रदेश सरकारको संयुक्त आयोजनामा"चिनियाँ तिब्बत विकास मञ्च" यसै महिनाको 12 तारिखदेखि ल्हासामा सुरु हुने भएको छ।

            प्राप्त जानकारीअनुसार, 13 तारिखसम्म चल्ने मञ्चमा लगभग चालीस विदेशी प्रतिनिधि लगायत सयौं सहभागिले भाग लिनेछन्। यो मञ्च तिब्बतमा आयोजना हुने र सबैभन्दा धेरै विदेशी सहभागि हुने एक अन्तर्राष्ट्रिय मञ्च हो।

           चालू वर्ष "चिनियाँ तिब्बतको विकास मञ्च"को मुख्य नारा "तिब्बतको विकासका अवसर र छनौट" भन्ने रहेको छ। साथै सो मञ्चमा "तिब्बतको दिगो विकास मार्ग", "तिब्बती सँस्कृतिको उत्तराधिकार र सुरक्षा" र "तिब्बतमा पर्यावरण सुरक्षा"लगायत तीन विषय समेटिएको छ। मञ्चपछि सहभागिहरुले ल्हासा, लिन्च लगायत क्षेत्रमा निरीक्षण गरेर तिब्बतको विकास तथा परिवर्तनको अनुभव गर्ने कार्यक्रम पनि रहेको छ।