चारवटा आधारमा तिब्बतको विकास
2014-08-12 19:09:00CRI
Share with:

         तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लोसाङ्ग जामकानले आज ल्हासामा आयोजित चीन तिब्बत विकास मञ्चमा बोल्दै ठूला परियोजनाको विकास, दिगो विकास, गैर-सन्तुलित विकास र मेलमिलापयुक्त विकासमार्फत तिब्बतको मेलमिलाप तथा स्थिरता, सम्पन्न समाज र राम्रो पर्यावरण तीन लक्ष्य प्राप्त गर्ने बताउनुभयो।

          आज आयोजित उद्घाटन समारोहमा उहाँले भन्नुभयो: ठूला परियोजनाको विकास तिब्बतका सबै समस्याको समाधान गर्ने आधार रहेको छ, दिगो विकास तिब्बतको ठूला परियोजनाको विकासलाई व्यवहारमा उत्तार्ने केन्द्र रहेको छ, गैर-सन्तुलित विकास र मेलमिलापयुक्त विकास नै तिब्बती वर्तमान विकास अवधिका लागि वास्तविक छनौट र तिब्बती स्थिरताका लागि मुख्य विषय रहेको छ।