चीन तिब्बतको विकास मञ्च ल्हासामा सुरु
2014-08-12 19:09:00CRI
Share with:

        चीनको राज्य परिषदको प्रेस कार्यालय र तिब्बत स्वायत्त प्रदेशीय जन सरकारबाट संयुक्त रुपमा आयोजना भएको चीन तिब्बत विकास मञ्च आज विहान तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा सुरु भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले सो मञ्चलाई बधाइ सन्देश पठाउनुभयो।

         सन्देशमा यु चङ शङले सहभागी चीन तथा विदेशी विभिन्न क्षेत्रका व्यक्तिले तिब्बतको विकासका लागि प्रस्ताव प्रस्तुत गर्ने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

         आजको उद्घाटन समारोहमा तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष लोसाङ्ग जामकानले हाल तिब्बत इतिहासको सबभन्दा राम्रो अवधिमा रहेको बताउनुभयो। भारतीय द हिन्दू अखवार समूहका अध्यक्ष नरसिम्हन राम र बेलायतीय माथिल्लो सदनका सांसद निल डेभिसनले विदेशी प्रतिनिधिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै तिब्बत विकासको प्रगतिमा प्रशंसा गर्नुका साथै दिगो विकासको बाटोमा तिब्बतको अरु उपलब्धि हासिल हुने बताउनुभयो।

          तीसभन्दा बढी मुलुक र क्षेत्रका लगभग सय जना प्रतिनिधि उक्त मञ्चमा उपस्थित हुनुहुन्छ। तिब्बतमा तिब्बतको विकासको मुख्य विषयमा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको यो पहिलो हो।