चीनको तिब्बत विकास मञ्च सम्पन्न
2014-08-13 19:24:16CRI
Share with:

        हिजो सुरु भएको चीनको तिब्बत विकास मञ्च आज तेह्र तारिख बुधबार ल्हासामा सम्पन्न भएको छ। तीसभन्दा बढी मुलुक तथा क्षेत्रका विशेषज्ञ, विद्वान र राजनीतिज्ञ यस मञ्चमा सहभागी हुनुभयो। मञ्चमा सहभागीहरुबीच "ल्हासा सहमति" मा एकमत भएको छ।

         चीनको राज्य परिषदको प्रेस कार्यालयका उप-प्रमुख छ्वी यु यिङले समापन समारोहलाई सम्बोधन गर्दै मञ्चबाट तिब्बतसम्बन्धी बुझाइलाई गहन पार्ने, गलत बुझाइलाई निराकरण गर्ने, सहमति बढाउने, मित्रतालाई गहिरो पार्ने कार्य भएको बताउनुभयो। तिब्बतसम्बन्धी सबैको बुझाइलाई नयाँ स्तरमा उकासिएको पनि उहाँले व्यक्त गर्नुभयो।

         सहभागीहरुले मन्चको कार्यक्रमलाई नयाँ सुरुवातको रुपमा राखेर तिब्बतको समर्थन दिनुका साथै तिब्बतको विकासलाई अरु योगदान दिने आशा आफूले लिएको छ्वी यु यिङले व्यक्त गर्नुभयो। सहभागी विदेशी पाहुनाले तिब्बतमा हेरेको तथा सुनेको व्यावहारिक अनुभव लिएर अरु बढी मानिसलाई वास्तविक तिब्बत बुझाउनसक्ने आशा पनि आफूले लिएको उहाँले उल्लेख गर्नुभयो।