तिब्बतमा बिगत बीस वर्षमा छब्बीस अर्ब युआन सहयोग प्रदान
2014-08-25 19:10:30CRI
Share with:

       सिन ह्वा समाचार समितिका अनुसार, तिब्बतलाई सहयोग प्रदान गरेको बीस वर्षदेखि लगभग छ हजार सरकारी कर्मचारी र व्यावसायिक तथा प्राविधिक कर्मचारीले तिब्बतमा काम गरिरहेका छन्। तिब्बतलाई चीनका अन्य विभिन्न प्रान्तले छब्बीस अर्ब चिनियाँ युआन सहयोग प्रदान गरेका छन्। सो सहयोगबाट तिब्बती आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ।

       हिजो चौब्बीस तारिख आइतबार आयोजित तिब्बत सहयोगको बीस वर्ष सम्बन्धी सम्मेलनमा उक्त कुरा जानकारी दिइएको हो। तिब्बत सहयोगको सातौँ टोलीका प्रमुख वाङ फोङ छाउले जानकारी दिएअनुसार, सन् 1994 देखि अठार प्रान्त तथा शहर, सत्र केन्द्रीय उद्योग र दशौँ केन्द्रीय मन्त्रालयले स्वयंसेवकहरु पठाएर तिब्बतमा सहयोग प्रदान गर्दै आएका छन्। हालसम्म तिब्बतका सबै 74 वटा शहर तथा जिल्लामा सहयोग उपलब्ध छ। ती स्वयंसेवक कार्यकर्ताहरुले तिब्बतमा आर्थिक, वैज्ञानिक तथा प्राविधिक, शिक्षा, चिकित्सा, रोजगार आदि विषयमा सहयोग प्रदान गरी तिब्बतको विकास तथा स्थिरताका लागि काम गरिरहेका छन्।