तिब्बती पर्यटन चेम्बर अफ कमर्स स्थापित
2014-08-25 19:10:30CRI
Share with:

       सिन ह्वा समाचार समितिका अनुसार, तिब्बत स्वायत्त प्रदेशको पर्यटन चेम्बर अफ कमर्स हिजो चौब्बीस तारिख आइतबार ल्हासामा स्थापना भएको छ। जसले पर्यटन स्रोत समायोजन, पर्यटन सूचना आदान-प्रदान मञ्चको स्थापना आदि अनेकौँ कदम चालेर तिब्बतलाई विश्वको महत्वपूर्ण पर्यटन गन्तव्य बनाउन सहयोग गर्नेछ।

        प्राप्त जानकारीअनुसार, तिब्बत स्वायत्त प्रदेशको पर्यटन चेम्बर अफ कमर्स तिब्बतका तीसवटा गैर-सरकारी प्रतिनिधि पर्यटन उद्योगबाट संचालन भएको हो। त्यसबाट पूर्वी, मध्य, पश्चिमी तिब्बतको पर्यटन स्रोत मिलेको महा ढाँचाको संस्था स्थापना गर्नका लागि सक्रिय रुपमा बढाउन सकिने चेम्बर अफ कमर्सका प्रमुखले बताउनुभयो।