ल्हासामा शोटोन पर्व सुरु
2014-08-25 19:10:30CRI
Share with:

         सिन ह्वा समाचार समितिका अनुसार, वार्षिक शोटोन पर्व आज पचीस तारिख सोमबार तिब्बत स्वायत्त प्रदेशको ल्हासामा भव्य रुपमा सुरु भएको छ। मानिसहरुले यस पर्वका अवसरमा बुद्ध मूर्ति प्रदर्शन, पिकनिक, दही खाने, तिब्बत ओपेरा हेर्ने आदि गरी यो पर्व मनाउँछन्।

        तिब्बती पात्रोअनुसार, हरेक छैठौँ महिनाको तीस तारिख तिब्बती परम्परागत शोटोन पर्व मनाइन्छ। तिब्बी भाषामा शो भनेको दही हो र टोन भनेको भोज हो। त्यसैले शोटोन पर्वलाई दही खाने पर्व पनि भनिन्छ। यही वर्षको शोटोन पर्व अगष्ट पचीस तारिखदेखि सेप्टेम्बर दुई तारिखसम्म मनाइन्छ।

         एघारौँ शताब्दीको मध्यकालदेखि शोटोन पर्व मनाउन सुरु भएको हो। सुरुवातमा यो एक धार्मिक कार्यक्रम थियो, आज आएर बुद्ध मूर्ति प्रदर्शन, तिब्बत ओपेरा, साँस्कृतिक तथा मनोरञ्चन कार्यक्रम, धार्मिक कार्यक्रम आदिको समिश्रण भई परम्परागत पर्वका रुपमा विकास भएको छ।