पश्चिमीले तिब्बत बुझ्ने तीन चरणबारे चिनियाँ तिब्बती शास्त्रीद्वारा जानकारी
2014-11-04 19:14:58CRI
Share with:

     "क्यानाडा-चीनको तिब्बती सांस्कृतिक सप्ताह 2014" को जानकारी दिन हिजो तेह्र तारिख भान्कुभरमा पत्रकार सम्मेलन आयोजना भएको छ। पत्रकार सम्मेलनमा चिनियाँ तिब्बती शास्त्रीले पश्चिमी मुलकले तिब्बतका बारेमा बुझ्न तीन चरणका बारेमा व्याख्या गरेका छन्।

        तिब्बत स्वायत्त प्रदेशीय सामाजिक विज्ञान प्रतिष्ठानको तिब्बत अध्ययन केन्द्रका उप-अनुसन्धानकर्ता पेन बारामका अनुसार, तीनवटा चरण यस प्रकार छन्। बीसौँ शताब्दीको तीसौँ चालीसौँ दशकअघि पश्चिमीले पश्चिमीद्वारा लेखिएको तिब्बत यात्रा नोटमार्फत तिब्बत बुझ्न पाएका थिए। बीसौँ शताब्दीको पचासौँ दशकको अन्तदेखि असीऔँ दशकको सुरुसम्म कथित निर्वासित तिब्बती सरकारबाट प्रकाशित पुस्तकमार्फतबाट मात्र तिब्बत बुझ्न पाएका थिए भने बीसौँ शताब्दीको असीऔँ दशकदेखि हालसम्म चीन र तिब्बत स्वायत्त प्रदेशबाट प्रकाशित तिब्बती किताब, पत्रिका तिब्बतबारेमा पश्चिमी मुलुकले यथार्थ कुरा बुझ्न पाएका छन्।