चीनको तिब्बती सांस्कृतिक सप्ताहमा तिब्बती चलचित्र प्रदर्शन
2014-11-05 18:48:11CRI
Share with:

       क्यानाडा-चीनको तिब्बती सांस्कृतिक सप्ताह 2014 अन्तर्गत चलचित्रमा तिब्बत कार्यक्रम हिजो चार तारिख बेलुकी टोरन्टोमा आयोजना भएको छ।

       सो कार्यक्रममा तिब्बती वृत्तचित्र रुफ अफ द वर्ल्ड अर्थात् विश्वको छानो प्रदर्शन गरिएको थियो। त्यसमा पाँच भागको टी भी वृत्तचित्र र एउटा चलचित्र रहेका छन्। हिजो देखाइएको नब्बे मिनेटको डकुमेन्ट्री चलचित्र हो। सो डकुमेन्ट्री चलचित्रमा विश्वमा चीनको तिब्बती क्षेत्रका मानिस र प्रकृतिबीचको सम्बन्धबारे चौतर्फी रुपमा प्रष्ट्याइएको छ। यसलाई मानव-प्रकृति सम्बन्धको रहस्यबारे छलफल गरिएको पहिलो डकुमेन्ट्री चलचित्र मानिन्छ।