पर्यटन उद्योगबाट तिब्बती आर्थिक विकासमा वृद्धि
2014-12-17 19:21:47CRI
Share with:

       तिब्बती लिन्ची क्षेत्रको पर्यटन ब्यूरोबाट प्राप्त समाचारअनुसार, नामी दृश्यावलोकन क्षेत्रका निर्भर रहेर सन् 2014 भरि लिन्ची क्षेत्रमा पुगेको पर्यटकको संख्या अठाइस लाख पुग्ने र पर्यटन उद्योगको आय दुई अर्ब साठी करोड युआन पुग्ने अनुमान छ। गत वर्षको तुलनामा यो पर्यटकहरु बाह्र प्रतिशतले वृद्धि हुने र आयमा चौध प्रतिशतले वृद्धि हुने बताइएको छ। यी तथ्याङ्कले पर्यटन उद्योग लिन्ची क्षेत्रको सबैभन्दा ठूलो उद्योग स्थापित बनेको छ।

         यसका साथै यातायात अवस्थामा त्यति सुविधा नभएको छाङ तु क्षेत्रमा पनि पर्यटकको संख्या बाह्र लाख पुग्ने र पर्यटन आय एक अर्ब युआन पुग्ने सम्भावना रहेको छ। जसबाट आर्थिक विकासमा पर्यटन उद्योगको महत्व बढेको देखिन्छ।

         हाल तिब्बतका विभिन्न क्षेत्रको पर्यटन उद्योगमा आर्थिक बृद्धि महत्वपूर्ण विन्दुमा पुगेको छ।