तिब्बतको सत्तरी प्रतिशत कृषि तथा पशुपालन बाल-बालिकाको "विश्वविद्यालय सपना"पूरा
2015-01-21 17:57:32CRI
Share with:

          हाल तिब्बत स्वायत्त प्रदेशमा आयोजित दशौं जन काङ्ग्रेसको तेस्रो सम्मेलनले सन् 2014 मा तिब्बती कृषक तथा पशुपालकका बाल-बालिकाले विश्वविद्यालयमा प्रवेश दर 71प्रतिशत पुगेको जनाएको छ। यो सन्2013को तुलनामा 10प्रतिशतले बढी हो। जसबाट झन् झन् बढी तिब्बती कृषि तथा पशुपालक बाल-बालिकाहरुले आफ्नो विश्वविद्यालयको सपना पूरा गरेका छन्।

           तिब्बतको सामान्य विश्वविद्यालय भर्ना हुन प्रवेश परिक्षा सम्बन्धी योजनामा कृषि तथा पशुपालकका बाल-बालिकाका लागि गरिबी निवारण योजना,ग्रामीण क्षेत्र योजना आदि विशेष योजनाहरु तोकिएका छन्। केन्द्रीय सरकारले सधैं नै मध्य-पश्चिम क्षेत्रको शिक्षालाई जोड दिँदै ग्रामीण क्षेत्रका विद्यार्थीहरुको विश्वविद्यालयमा प्रवेशका लागि शक्तिशाली समर्थन दिँदै आएको छ। सन्1985देखि तिब्बतमा अनिवार्य शिक्षा लागू हुनुका साथै कृषि तथा पशुपालन बालबालिकालाई खाना,आवास, अध्ययन लागत तीन शून्य शुल्क भन्ने सहुलियतले फाइदा पुर्‍याएको देखिन्छ।