गैरसरकारी अर्थव्यवस्था तिब्बतको मुख्य आम्दानीको माध्यम
2015-02-16 18:06:06CRI
Share with:

तिब्बती स्वायत्त प्रदेशको उद्योग र वाणिज्य संघबाट थाहा पाइएअनुसार सन्2014को अन्तसम्म तिब्बतको गैरसरकारी अर्थव्यवस्थाको संख्या एक लाख तीस हजार बराबर छ भने पूरै बजारमा 95.6प्रतिशत ओगटेको छ। साथै सन्2014मा तिब्बतको गैरसरकारी अर्थव्यवस्थाले सोह्र अर्ब तीस करोड पचास लाख चिनियाँ युआनको कर पेश गरेको भने सोही वर्ष तिब्बतको कूल कर महसुलमध्ये 93.6प्रतिशतले ओगटेको छ। जसबाट गैरसरकारी अर्थव्यवस्था तिब्बतको कर असुलीको मुख्य योगदानकर्ता बनेको छ।

तिब्बती उद्योग र वाणिज्य संघका अध्यक्ष अफै चिन याआनले जानकारी दिनुभएअनुसार तिब्बतको बजारमूलक अर्थतन्त्रमा मुख्य स्थान लिएको गैरसरकारी अर्थव्यवस्था तीव्र गतिमा विकसित भइरहेको छ। यी अर्थव्यवस्थामध्ये निर्माण, विशेषतायुक्त उत्पादन प्रशोधन र परम्परागत तेस्रो उद्योग उत्कृष्ट देखिन्छन्। गैरसरकारी अर्थव्यवस्था सम्बन्धित लगानीमा बहुशैली भन्ने प्रारुप देखिन्छ। जसबाट तिब्बती व्यवस्था बनौट,लगानी बनौट, स्वामित्व बनौट र तिब्बतको सुधार तथा विकासको स्थिरताका लागि सकारात्मक भूमिका सिर्जना गर्न सकिन्छ।