तिब्बतमा बिशाल हिमपात
2015-02-25 17:14:19CRI
Share with:

तिब्बतको ल्हासामा बितेका बीस वर्षयताकै सबैभन्दा ठूलो हिमपात भएको छ। हिमपातबाट स्थानीय तापमान लगातार घट्दै आएको देखिन्छ। अतिचिसो भएतापनि ल्हासाका एक लाख पाँच हजार दुई सयभन्दा बढी बासिन्दाहरुले सरकारद्बारा दिइएको न्यानो ग्यासको उपभोग्य गरेका छन्।

तिब्बत स्वायत्त प्रदेशको बित्त व्युरो र ल्हासा शहरी सरकार आदि निकायबाट प्राप्त जानकारी अनुसार स्थानीय वासिन्दाले ग्यासको उपभोग्य गर्ने वास्तविक क्षमताबारेमा सम्पूर्ण विचार गरेर सरकारले सैँतीस करोड चिनियाँ युआनको बित्तीय भत्ता लिइ प्राकृतिक ग्यासको मूल्यमा ठूलो मात्रामा व्यवस्थापन गरेको छ। यसबाहेक ‌औसत प्रतिव्यक्तिको आम्दानी शहरी मानक आम्दानीभन्दा कम भएको परिवारले प्रतिवर्ष निःशुल्क 600 वर्गलिटर प्राकृतिक ग्यासको उपभोग्य गर्न सक्ने व्यवस्था छ।

तिब्बती जनताले प्रयोग गरेको प्राकृतिक ग्यास भित्री भूमिबाट तिब्बतमा पठाइने गरेको छ। ढुवानी लागत ठूलो भएकाले प्राकृतिक ग्यासको मूल्यप्रति धेरै स्थानीय बासिन्दाहरुले अन्जाद गर्नसक्दैन। त्यसैले सम्बन्धित आयोगले सर्वेक्षण तथा अनुसन्धान गरेर सम्बन्धित भत्ता नियम तोकेको छ।