हरेक तिब्बती नागरिकसँग मोबाइलफोन
2015-02-26 19:12:19CRI
Share with:

       तिब्बत स्वायत्त प्रदेशीय सञ्चार व्यवस्थापन व्युरोबाट प्राप्त तथ्याङ्क अनुसार, सन् 2014 को अन्तसम्म तिब्बतमा मोबाइलफोन प्रयोगकर्ताको संख्या बतीस लाख सतहत्तर हजार पुगेको छ भने औसत हरेक सय तिब्बती बराबर एक सय सातवटा मोबाइलफोन प्रयोगमा आएको छ।

        मोबाइलफोन अहिले तिब्बतमा निकै लोकप्रिय बनेको छ। बीस वर्षदेखिको तीब्र विकासपछि हाल तिब्बतमा सबै गाउँमा मोबाइलफोनको सुविधा पुगेको छ। तिब्बती पशुपालक र कृषकलाई सुविधा दिनका लागि सम्बन्धित विभागले र व्यवसायीले तिब्बती भाषामा स्फटवेयर पनि विकास गरेका छन्। हाल मोबाइफोनमार्फत समाचार र सूचनाले तिब्बतीको दैनिक जीवनमा सुधार आइरहेको छ।

         प्राप्त अर्को तथ्याङ्कका अनुसार, हाल तिब्बतमा इन्टर्नेट प्रयोगकर्ताको कूल संख्या एकाइस लाख सत्तरी हजार पुगेको छ भने कूल तिब्बती जनसंख्याको सत्तरी प्रतिशतभन्दा बढी पुगेको छ।