तिब्बतको हिउँ पहिरोबाट दुई जनाको मृत्यु
2015-02-26 19:12:19CRI
Share with:

      तिब्बती सार्वजनिक सुरक्षा विभागबाट प्राप्त समाचारका अनुसार, तिब्बती शिगाचे शहरको चिलुङ्ग जिल्लाको जागा गुम्बा नजिक अस्ति चौब्बीस तारिख गम्भीर हिउँ पहिरो गएको छ। सो हिमपहिरोबाट चिलुङ्ग-रसो राजमार्गमा रहेका चारवटा गाडी थुनिएका थिए। गाडीमा सत्र जनामध्ये धेरैजसो हिउँमा पुरिएका थिए। सो प्रकोपबाट दुईजना यात्रीको मृत्यु भएको छ र हाल पन्ध्र जनालाई सकुसल उद्दार गरिएको छ।

        चिलुङ्ग जिल्ला दक्षिण-पश्चिमी शिगाचे शहरमा पर्छ र दक्षिणतिर नेपालसँग यसको सीमा जोडिन्छ। यो मार्ग इतिहासदेखि तिब्बत र नेपालबीच आवतजावत गर्ने महत्वपूर्ण बाटोका रुपमा स्थापित छ। चीन-नेपाल चिलुङ्ग नाका उक्त जिल्लामा पर्दछ। चिलुङ्ग-रसो राजमार्ग चीन-नेपाल आवतजावत गर्ने दोस्रो राजमार्ग हो।